डोनबास रुसलाई दिने कुरा स्वीकार्य हुँदैन : जेलेन्स्की « Khabarhub

डोनबास रुसलाई दिने कुरा स्वीकार्य हुँदैन : जेलेन्स्की


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध विरामका लागि डोनबास रुसलाई दिने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।

रुसलाई डोनबास दिएमा त्यहीँ भाग भविष्यमा आक्रमण गर्नका लागि प्रयोग हुन सक्ने सम्भावना रहने जेलेन्स्कीले औँल्याएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन र जेलेन्स्कीका बीचमा शुक्रबार अलास्कामा हुन लागेको वार्ताको पूर्व सन्ध्यामा उनको यो भनाइ सार्वजनिक भएको हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति स्थापनाका लागि कुनै पनि भूभाग दिने कुरा हुनसक्ने बताएका छन्। वार्ताको तयारी भइरहेको समयमा पनि रुसी सेनाले आफूलाई अघि बढाइ रहेको छ। छोटो समयमा नै डोरोप्रिलामा १० किलोमिटर कब्जा गरेको छ।

JPG converted with https://ezgif.com/webp-to-jpg

जेलेन्स्कीले धेरै स्थानमा रुसी सेना अघि बढी सकेको बताउँदै युक्रेनी सेनाले यसलाई रोक्न सक्ने बताएका छन्। शुक्रबार ट्रम्पसँगको भेटमा पुटिनले के कुराको माग गर्न सक्छन् भन्ने कुराको अहिलेसम्म आधिकारिक जानकारी आएको छैन। मस्कोले अहिले लोहन्सक पूर्ण रूपमा नियन्त्रणमा लिइसकेको छ भने डोन्सटकको ७० प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको छ।

युक्रेनले भने डोनाबास त्याग्नु रुसलाई थप आक्रमणका लागि बाटो खुला गर्नु हुनसक्ने बुझेको छ। मंगलबार बोल्दै जेलेन्स्कीले झाप्पोझारिया, पोक्रोभोस्क र नोभोपाभ्लोभमा रुसी सेना अघि बढी रहेको बताएका छन्।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ६ : २१ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३