डोनबास रुसलाई दिने कुरा स्वीकार्य हुँदैन : जेलेन्स्की « Khabarhub

डोनबास रुसलाई दिने कुरा स्वीकार्य हुँदैन : जेलेन्स्की


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध विरामका लागि डोनबास रुसलाई दिने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।

रुसलाई डोनबास दिएमा त्यहीँ भाग भविष्यमा आक्रमण गर्नका लागि प्रयोग हुन सक्ने सम्भावना रहने जेलेन्स्कीले औँल्याएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन र जेलेन्स्कीका बीचमा शुक्रबार अलास्कामा हुन लागेको वार्ताको पूर्व सन्ध्यामा उनको यो भनाइ सार्वजनिक भएको हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति स्थापनाका लागि कुनै पनि भूभाग दिने कुरा हुनसक्ने बताएका छन्। वार्ताको तयारी भइरहेको समयमा पनि रुसी सेनाले आफूलाई अघि बढाइ रहेको छ। छोटो समयमा नै डोरोप्रिलामा १० किलोमिटर कब्जा गरेको छ।

JPG converted with https://ezgif.com/webp-to-jpg

जेलेन्स्कीले धेरै स्थानमा रुसी सेना अघि बढी सकेको बताउँदै युक्रेनी सेनाले यसलाई रोक्न सक्ने बताएका छन्। शुक्रबार ट्रम्पसँगको भेटमा पुटिनले के कुराको माग गर्न सक्छन् भन्ने कुराको अहिलेसम्म आधिकारिक जानकारी आएको छैन। मस्कोले अहिले लोहन्सक पूर्ण रूपमा नियन्त्रणमा लिइसकेको छ भने डोन्सटकको ७० प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको छ।

युक्रेनले भने डोनाबास त्याग्नु रुसलाई थप आक्रमणका लागि बाटो खुला गर्नु हुनसक्ने बुझेको छ। मंगलबार बोल्दै जेलेन्स्कीले झाप्पोझारिया, पोक्रोभोस्क र नोभोपाभ्लोभमा रुसी सेना अघि बढी रहेको बताएका छन्।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ६ : २१ बजे

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई तत्काल रिहा गरियोस्

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति आपत्ति जनाएको 

प्रधानमन्त्रीको सीमा अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको सदनमा निरन्तर विरोध

काठमाडौं– प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्यबीमा कार्यक्रम पुनः सुरु गर्दै

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी

उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक

मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी

काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो ऐतिहासिक करियरमा अर्को दुर्लभ