पाँच शेयर लगानीकर्ताको सङ्गठन दुई आईजीन नम्बरको पक्षमा  « Khabarhub

पाँच शेयर लगानीकर्ताको सङ्गठन दुई आईजीन नम्बरको पक्षमा 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचवटा शेयर लगानीकर्ता सङ्गठनले दुईवटा फरक अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन नम्बर) लागू गर्न माग गरेका छन् । संस्थापक शेयरलाई छुट्टै र साधारण शेयरलाई छुट्टै आईजीन नम्बर दिनुपर्ने पक्षमा लगानीकर्ता उभिएका हुन् ।

नेपाल शेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठ, नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे, साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे र जनरल इन्भेष्टर एसोसियसनका अध्यक्ष दीपक कार्कीले संयुक्त  प्रेस विज्ञप्ति जारी गर्दै दुईवटा आईजीन नम्बरको पक्षमा उभिएका हुन् ।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै लगानीकर्ता सङ्गठनहरूले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले तयार पारेको आईजीन नम्बर सम्बन्धी निर्देशिकाको मस्यौदालाई तत्काल स्वीकृति दिन नेपाल धितोपत्र बोर्डलाई समेत आग्रह गरेका छन् ।

केही कम्पनीका संस्थापक लगानीकर्ताहरूले कर्मचारीहरूसँगको मिलेमतोमा एउटै आईजीन नम्बरको दुरुपयोग गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत नगरी दोस्रो बजारमा महँगो मूल्यमा बिक्री गरेको पाइएको भन्दै उनीहरूले यसबारे तत्काल छानबिन गर्न समेत माग गरेका छन् ।

लगानीकर्ता सङ्गठनहरूले यो दूरदर्शी कदमले नेपाली पुँजीबजारलाई थप पारदर्शी, स्थिर र विश्वसनीय बनाउने विश्वास व्यक्त गरेका छन् ।

‘दुईवटा आईजीन नम्बर प्रयोग गर्नु स्वागतयोग्य कदम हो र निश्चित अवधिपछि नियमअनुसार ती दुईवटा आईजीन नम्बर समायोजन गर्ने नीतिगत व्यवस्था हुन लागेकोमा हामी स्वागत गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा संस्थापक लगानीकर्ताहरूले कम्पनीको सुशासन, प्रतिफल र व्यवसाय सञ्चालनमा भन्दा पनि तीन वर्षमै शेयर बिक्री गरेर बाहिरिने प्रवृत्ति अन्त्य गर्न पनि जोडदार माग गरिएको छ ।

यस्तो प्रवृत्तिले वित्तीय संस्थाहरूको जोखिम बढ्ने र आम लगानीकर्ताहरू गलत कम्पनीमा फस्ने अवस्था आउने भन्दै उनीहरूले कम्पनीको सुशासन, जोखिम बहन गर्ने क्षमता, पारदर्शिता, व्यवस्थापन र व्यावसायिक योजनाको अध्ययन गरेर मात्र आईपीओ र राइट शेयर स्वीकृत गर्नुपर्ने व्यवस्था लागू गर्न माग गरेका छन् ।

साथै, अन्य वित्तीय संस्थामा जस्तै सबै खालका कम्पनीमा निश्चित प्रतिशत संस्थागत लगानीकर्ताको व्यवस्था गर्नुपर्नेमा लगानीकर्ताको माग छ ।

यो पनि…
शेयरमा आईजीन नम्बरको किचलो : कानुनी छिद्रबाट सर्वसाधारण लुट्ने मास्टरप्लान !

आइजीन नम्बरको व्यवस्था भएको निर्देशिका धितोपत्र बोर्डमै अध्ययन हुँदै

आईजीन छुट्याउने ‘धितोपत्र अभौतिकीकरण निर्देशिका’मा के छ ? (मस्यौदासहित)

धितोपत्रको आइजीन छुट्याउन ५ वटा प्रमाण चाहिने

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ९ : ५८ बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा