टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन « Khabarhub

टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल– पछिल्ला दुई दशकमा धेरै नयाँ देशहरू देखा परेका छन्, जसले धेरै उन्नत र अत्याधुनिक हतियारहरू निर्माण गरिरहेका छन् । यी हतियारहरूले विश्व बजारमा प्रतिस्पर्धा मात्र गर्दैनन् तर धेरै अवस्थामा अमेरिकी नेतृत्वको पश्चिमी देशहरूको प्राविधिक पक्षलाई पनि चुनौती दिन सुरू गरेका छन् ।

यो परिवर्तनले शीतयुद्ध पछिको विश्वलाई बहु ध्रुवीय हतियार बजारमा परिणत गरेको छ। यी नयाँ हतियार उत्पादन गर्ने देशहरूमा भारत, चीन, पाकिस्तान, इरान, उत्तर कोरिया, जापान र टर्की पर्छन्, जसले आफ्नो सैन्य शक्ति र प्रविधिले निरन्तर विश्वको ध्यान तानिरहेका छन् ।

शीतयुद्धको समयमा सोभियत संघले ‘क्यास्पियन सी मोन्स्टर’ जस्ता अद्भुत समुद्री विमानहरूद्वारा अमेरिका र नाटोलाई चकित पारेको थियो, जसले समुद्री सतहभन्दा कम उचाइमा उडान गरेर राडारलाई छल्न सिपालु थियो ।

हाल टर्कीको नयाँ टयाली ड्रोन उही सिद्धान्तमा आधारित छ तर थप सुधार गरिएको छ। उसले विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी हतियार निर्माण गरेको छ ।

टर्कीको सोलिड एरो कम्पनीले विकास गरेको टयालीलाई विश्वको पहिलो सि–स्किमिङ बहुउद्देश्यीय मानवरहित एरियल भेहिकल मानिन्छ ।

यो केवल ३० सेन्टिमिटरको उचाइमा समुन्द्रमा उड्न सक्छ र विङ्ग–इन–ग्राउन्ड (डब्लुआइजी) प्रभाव प्रयोग गर्दछ, जसले यसलाई हावामा थप लिफ्ट र दक्षता दिन्छ। यति कम उचाइमा उडानको कारण यो परम्परागत नौसेना रडारमा लगभग अदृश्य रहन्छ ।

टयाली ड्रोनको कम्प्याक्ट साइज छ। यसको लम्बाइ ९.१९ फिट र पखेटा ९.८४ फिट छ। यो ३० सेन्टिमिटरदेखि १०० मिटरको उचाइमा उड्न सक्छ । र ३० किलोग्राम (६६ पाउण्ड) सम्मको पेलोड बोक्न सक्छ ।

यसमा उन्नत सेन्सर, साना एन्टी शिप हतियार वा निगरानी उपकरणहरू जडान गर्न सकिन्छ । यो पूर्णतया इलेक्ट्रिक इन्जिन र लिपो ब्याट्रीबाट चल्छ । जसको उडान अवधि ३ घण्टा र सञ्चालन दायरा २०० किलोमिटर छ। यसको फोल्ड गर्न मिल्ने पखेटाहरूले यसलाई छिट्टै तैनाथ गर्न सजिलो बनाउँछ ।

टयालीको बारेमा सबैभन्दा विशेष कुरा यसको स्टिल्थ डिजाइन र रडारबाट बच्ने क्षमता हो। यसलाई सामान्य आक्रमण, शीर्ष आक्रमण र हार्बर आक्रमण जस्ता धेरै अपरेशनहरूको लागि प्रयोग गर्न सकिन्छ । यसको एआई संचालित उडान नियन्त्रण प्रणालीको साथमा यो दिन होस् वा रातमा पनि सटीक र द्रुत आक्रमणहरू गर्न सक्षम छ ।

टर्कीको टयाली एक ड्रोन मात्र होइन यो नयाँ सैन्य श्रेणीको सुरुवात हो, जुन नौसेना अपरेशनहरूमा खेल–परिवर्तक साबित हुन सक्छ। यसको प्रविधिले अब अमेरिका, रुस र चीन मात्र होइन, टर्की जस्ता देशले पनि आधुनिक युद्धभूमिमा नेतृत्व लिन सक्ने प्रमाणित गरेको छ । न्युजकारखानाबाट साभार

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : १८ बजे

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड