पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे | Khabarhub Khabarhub

पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा अधिक दर्ता भएको पाइएको छ । पर्सा जिल्ला अदालतका अनुसार गत आर्थिक वर्षमा पर्सामा तीन सय ४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए ।

दर्ता भएका मुद्दामध्ये दुई सय ६४ सम्बन्धविच्छेदका मुद्दा फर्छ्यौट भएका छन् । गत आवमा सम्बन्धविच्छेदका ७९ वटा मुद्दा फर्छ्यौट हुन बाँकी छन् ।

जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवका अनुसार  जिल्लामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा धेरै दर्ता भएका छन् । घरेलु हिंसाका मुद्दा स्थानीय तहको न्यायिक समिति, प्रहरीलगायत निकायमा पनि मेलमिलाप हुने भएकाले समय सम्बन्धविच्छेदका मुद्दा बढेका हुन् । वैदेशिक रोजगारीलाई पनि सम्बन्धविच्छेदको प्रमुख कारण मानिएको छ ।

जिल्ला अदालतका अनुसार गत आवमा ९५ वटा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएकामा ५३ मुद्दा फर्छ्यौट भएका छन् । बयालीस वटा मुद्दा भने फर्छ्यौट हुन बाँकी छन् । गत आवमा पर्सामा जबर्जस्ती करणीका ९८ वटा मुद्दा दर्ता भएकामा ५६ वटा मुद्दा फर्छ्यौट भएका छन् भने ४२ वटा  फर्छ्यौट हुन बाँकी छन् । (रासस)

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १ : ०० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन २९ गते बिहीबार। भाद्र

आज २०८२ साल साउन २९ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २९ गते बिहीबार। भाद्र

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ