नीताको ‘पार्वती’मा दीपाश्री अनुबन्ध « Khabarhub

नीताको ‘पार्वती’मा दीपाश्री अनुबन्ध


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुङ्गानको निर्देशनमा बन्ने भनिएको फिल्मको शीर्ष भूमिकामा कलाकार दीपाश्री निरौला अनुबन्ध भएकी छन् । दीपाश्री अनुबन्ध भएको निर्माण पक्षले बुधबार सार्वजनिक गरेको हो ।

केही महिना अगाडिदेखि फिल्ममा अनुबन्ध हुने मौखिक सहमतिलाई मंगलबार कागजी स्वरुप दिएको नीताले बताइन् ।

नीता र दीपालो फिल्म ‘६ एकान ६’मा सहकार्य गरेका थिए । उक्त फिल्मको निर्माता दीपाश्री थिइन् भने नायिका नीता थिइन् । त्यो टेलिभिजन छाडेर ‘छक्का पञ्जा’ टिमले बनाएको पहिलो फिल्म थियो ।

त्यसमा अभिनय गरेर नीताले गुन लगाएको दीपाको भनाइ छ । नीताले जस्तै आफूले पनि सहयोग गर्ने उनले बताइन् ।

‘६ एकान ६’ प्रदर्शनमा आएको ०७० सालमा प्रदर्शनमा आएको थियो । १२ वर्षपछि नीता र दीपाले सहकार्य गर्ने भएका हुन् । दीपा भन्छिन्, ‘१२ वर्षपछि खोला फर्किएको छ ।’

गत जनै पूर्णिमाको अवसर पारेर नीताले पार्वती निर्माणको घोषणा गरेकी थिइन् । अनाउन्समेन्ट पोस्टरमा नीता फिचर्ड छिन् । अर्थात्, फिल्ममा नीताको पनि अभिनय रहेनेछ ।

यो फिल्म नीताकै ब्यानर ‘नीता फिल्मस्’बाट बन्ने बताइएको छ । यसको कथा नीता आफ्नै हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १ : ३३ बजे

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, ओझाको निवेदन हेर्न नमिल्नेमा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ