बडिमालिका धार्मिक आस्थाको केन्द्रबिन्दु : मुख्यमन्त्री शाह « Khabarhub

बडिमालिका धार्मिक आस्थाको केन्द्रबिन्दु : मुख्यमन्त्री शाह


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले बडिमालिका संरक्षण क्षेत्रसम्मको सहज आवागमनलाई सहज बनाउन विभागीय मन्त्रालयलाई निर्देशन दिएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समुद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार भएको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकासम्मको आवागमनलाई सहज बनाउन निर्देशन दिएका हुन् ।

उनले बडिमालिका दर्शन गर्न गएका मध्ये दुई जनाको दुख निधन भएको प्रति गहिरो दुख व्यक्त गर्दै यसै वर्ष भित्र काम सम्पन्न हुने गरी सो क्षेत्रमा प्राविधिक टोली खटाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिए । 

बडिमालिका क्षेत्रमा भौतिक संरचना निर्माण खटिएको नेपाली सेनालाई धन्यावाद दिँदै मुख्यमन्त्री शाहले बडिमालिका सुदूरपश्चिमको धार्मिक आस्थाको केन्द्रबिन्दु र पर्यटकीय हिसाबले भूस्वर्ग रहेको बताए ।

 साथै उनले बन क्षेत्रबाट संकलित काठ बिक्री गर्ने वन पैदावार बोलपत्र आह्वान गरी लिलाम गर्नुपर्ने र मन्त्रालयले कुनैपनि कार्य टेण्डर मार्फत गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १ : ४७ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी