ब्रम्हाण्डमा पत्ता लाग्यो अतिविशाल ब्ल्याक होल, खगोल विज्ञानमा हलचल | Khabarhub Khabarhub

ब्रम्हाण्डमा पत्ता लाग्यो अतिविशाल ब्ल्याक होल, खगोल विज्ञानमा हलचल


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैज्ञानिकहरूले ब्रह्माण्डमा अहिलेसम्मकै सबैभन्दा ठूलोमध्ये एउटा अतिविशाल ब्ल्याक होल फेला पारेका छन् । यसले खगोल विज्ञानमा हलचल मच्चाएको छ । यो ब्ल्याक होल हाम्रो आकाशगंगा तारापुञ्जबाट करिब ५ अर्ब प्रकाश वर्ष टाढा रहेको छ । यसको पिण्ड सूर्यभन्दा ३६ अर्ब गुणा बढी रहेको वैज्ञानिकहरुले बताएका छन् ।

यो विशाल ब्ल्याक होल ‘कोस्मिक हर्सशु’ नामक ग्यालेक्सीमा अवस्थित छ । यो ग्यालेक्सी अतिविशाल गुरुत्वाकर्षणको लागि परिचित छ । यसले प्रकाशलाई नै झुकाउन सक्छ । यो प्रक्रियालाई ‘ग्रेभिटेशनल लेन्सिङ’ भनिन्छ ।

वैज्ञानिकहरूले यो प्रविधिको सहायताले ब्ल्याक होलको तौल नापेका छन् । बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका थोमस कोलेट र उनको टोलीले पहिलो पटक ब्ल्याक होलको वरिपरि ताराहरू परिक्रमा गरिरहेको गतिलाई नोट गरेका थिए । यो गति द्रव्यमान अर्थात् ब्ल्याक होलको तौल र क्षमतामा निर्भर गर्दछ ।

त्यसपछि उनीहरुले यसको गुरुत्वाकर्षणमा प्रकाश कति हदसम्म झुकिरहेको छ भन्ने तथ्यांक पत्ता लगाए । त्यसपछि दुबै डाटालाई मिलाएर उनले यो ब्ल्याक होलको सही मापन गरेका हुन् । अनुसन्धानकर्ता कोलेट भन्छिन्, ‘यो सम्भवतः ब्रह्माण्डको सबैभन्दा ठूलो ब्ल्याक होल हो । एकल बिन्दु, जसले सम्पूर्ण सानो आकाश गंगाको वजन समात्न सक्छ ।’

यसअघि आफूले बनाएका मोडलहरू ब्ल्याक होलको तौल असाधारण रूपमा नबढ्दासम्म काम नगर्ने उनले बताए । यसले ब्ल्याक होल किन यति ठूलो भयो भनेर बुझ्न पनि मद्दत गर्छ ।

तर, सबैभन्दा अचम्मको कुरा के छ भने अहिले यो ब्ल्याक होल निष्क्रिय रहेको छ । कोलेट भन्छिन्, ‘यदि यो यति ठूलो हुन सक्छ भने यसको मतलब यो ब्रह्माण्डको सुरुवातदेखि नै पदार्थलाई निल्दै आएको छ तर अहिले पूरै शान्त भएको छ । प्रश्न यो छ, के भयो र यो ब्लाक होल अचानक रोकियो ?’

यो खोजले ब्ल्याक होलको आकार र विकास सम्बन्धी पुरानो वैज्ञानिक सिद्धान्तलाई मात्र चुनौती दिएको छैन, ब्रह्माण्डमा अझै पनि यस्ता धेरै रहस्यहरू छन्, जुन हाम्रो समझभन्दा बाहिर छन् भन्ने पनि देखाएको छ । ‘ब्ल्याक होल’ को यो पछिल्लो खोजले भविष्यमा अन्तरिक्ष विज्ञानको दिशालाई पूर्ण रूपमा परिवर्तन गर्न सक्छ किनभने यदी यो ‘ब्ल्याक होल’ यति ठूलो हुन सक्छ भने ब्रह्माण्डमा अरू के लुकेको छ भनेर कल्पना गर्न गाह्रो छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  २ : २६ बजे

पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक : मन्त्री दाहाल

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद्बाट हुनसक्ने

‘शरीर ब्रम्हाण्ड भएकाले ‘होलबडी चेकअप’ झूटो हो’ (भिडियो अन्तर्वार्ता) 

विभिन्न प्रविधिको विकास र मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण विश्वले

पाटन दरबार स्क्वायर जाने बाटो जलमग्न (तस्बिरहरू)

काठमाडौं– पाटनको महापाल क्षेत्रमा, पाटन दरबार स्क्वायर जाने बाटोमा पानी

रविबारे ओलीलाई वर्षमानले सोधे- ‘प्रमाणित अभियुक्त’लाई सरकारी टीभीमा कसले जागिर दियो ? गृहमन्त्री बनायो ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले

बाढी अपडेट : एघार घर बगे, सात घरमा क्षति

बाजुरा– बुधबार रातिको बाढीले यहाँको हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर