बागलुङमा एक लाख ९३ हजार पशुचौपायालाई खोप « Khabarhub

बागलुङमा एक लाख ९३ हजार पशुचौपायालाई खोप


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – जिल्लामा एक लाख ९३ हजार ७२२ पशुचौपायालाई खोप लगाइएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले जिल्लाका १० वटै वडाका ८५ वडामा प्राविधिक खटाएर विभिन्न रोगविरुद्धको खोप लगाएको हो । 

कुकुर, गाईभैँसी, राँगा, गोरु, बाख्रा, बङ्गुरलगायत पशुलाई खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख ऋषिराम सापकोटाले जानकारी दिए । उनका अनुसार २५ हजार ५३१ गाईगोरुलाई खोरेत र लम्पी स्किन, ४२ हजार ७२८ भैँसीलाई खोरेत, एक लाख २५५ बाख्रा र ११ हजार ५३८ भेँडालाई पीपीआर खोप दिइएको हो । 

चार हजार ७२८ बङ्गुरलाई हैजाविरुद्धको र आठ हजार ९४२ कुकुरलाई रेबिजको खोप दिइएको सापकोटाको भनाइ छ । गत पुसदेखि जेठसम्म चार चरणअन्तर्गत किसानको गोठमा प्राविधिक पुगेर खोप लगाएका उनले बताए। किसान हिउँद र बर्खा घुम्ती बसाइँ गर्ने हुँदा चार चरणमा खोप अभियान सञ्चालन गरिएको उनले उल्लेख गरे।

प्रमुख सापकोटले भने, ‘जिल्लाका अधिकांश किसान घुम्ती बसाइँ गर्नुहुन्छ, हिउँदको समयमा बेँसीका बारीमा पशुचौपाया बाँध्नु हुन्छ, बर्खा लागेपछि बुकी उक्लिने चलन छ, बुकीमा पुगेर खोप लगाउन सम्भव नहुने भएकाले हामीले जेठ अन्तिम सातासम्म खोप अभियान सञ्चालन गरेका हौँ । पहिले खोप लगाउन नमान्नेहरूमा अचेल पशु सुरक्षाका लागि खोप लाउनुपर्छ भन्ने मानसिकता विकास भएको छ ।’

उनका अनुसार पशुसेवा विज्ञ केन्द्रले करिब एक करोड लगानीमा खोप अभियान सञ्चालन गरेका हो ।

पहिले खोप लगाउनका लागि किसानको गोठमा पुग्दा दूध घटाउँछ, बिरामी पर्छन् भनेर नमान्ने गरेकामा अहिले फोन गरेरै खोप लगाइदिन आग्रह गर्ने प्रमुख सापकोटाले बताए। तीन वर्ष अगाडि लम्पी स्किन रोगले वस्तुभाउ मरेपछि किसानलाई खोप लगाउनुपर्छ भन्ने चेतनाको विकास भएको उनको भनाइ छ । जिल्लामा अघिल्लो वर्ष दुई लाख १६ हजार ७२ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको थियो ।

ढोरपाटन नगरपालिका–९ का किसान थमबहादुर घर्तीले दुई वर्ष अगाडि पालिकाले बुकीमा आएर भैँसी र गाईलाई खोप लगाइदिएको भन्दै त्यसपछि कुनै पनि संस्थाले खोप नदिएको बताए। आफूले १४ वटा भैँसी, नौ वटा गाई र ५० को हाराहारीमा भेँडा पालन गर्दै आएको उनले जानकारी दिए । गत वर्ष सात वटा भेँडा मर्दा करिब रु एक लाख नोक्सानी भएको उनको भनाइ छ ।

‘पहिलापहिला पशुलाई खोप लगाइँदैनथ्यो, तीन–चार वर्ष अगाडि पशु चिकित्सकले गोठमा आएर खोप लगाइदिएका छन्, त्यसपछि कोही पनि आउनुभएको छैन’, घर्तीले भने, ‘नियमित खोप लगाउन नपर्ने भएर हो कि त्यसपछि कोही पनि आउनुभएको छैन । हामी गोठाला बजारमा जान भ्याउँदैनौँ ।’

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  २ : ४५ बजे

ठगीको अभियोगमा सात जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सुकीलाई नजरबन्दमा सार्ने निर्णय, अन्तर्राष्ट्रिय छविमा केन्द्रित कदम

एजेन्सी– पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई

बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर