नेपाली राष्ट्रिय फुटबल टोल अस्ट्रेलिया प्रस्थान « Khabarhub

नेपाली राष्ट्रिय फुटबल टोल अस्ट्रेलिया प्रस्थान


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ का छनोट चरणमा अस्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोल अस्ट्रेलिया प्रस्थान गरेको छ ।

अक्टोबर १० मा हुने खेलका लागि नेपाली टोली बुधबार नै त्यसतर्फ लागेको हो ।

विश्वकप छनोट अन्तरगत समूह बि मा रहेको नेपालले यहि महिना अस्ट्रेलियासँगै जोर्डनसँग पनि खेल्नेछ । ५ दिनको अन्तरालमा नेपाली टोलीले दुई टिमसँग खेल्नेछ ।

अस्ट्रेलिया जान लागेको नेपाली टोलीले अस्ट्रेलियामा रहँदा सिड्नीस्थित क्याम्पबेलटाउनको एक क्लबको होस्टल र त्यसैको मैदानमा अभ्यास गर्नेछ ।

अस्ट्रेलियाको हावा पानीसँग मेल खाने गरि त्यहाँ अभ्यास गर्ने वातावरण मिलाइएको स्थानीय आयोजकले जनाएको छ ।

कप्तान किरण चेमजोङको नेतृत्वमा नेपालले पहिलो पटक अस्ट्रेलियाविरुद्ध खेल्दैछ ।

यसअघि २ खेल खेलेको नेपालले ३ अंक जोडेको छ भने अस्ट्रेलियाविरुद्ध हार जोगाउने लक्ष्यसहित त्यसतर्फ लागेको छ ।

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, अजित भण्डारी, सरोज दाहाल, देबेन्द्र तामाङ, सुमन अर्याल, रजिन धिमाल

मिडफिल्डर : विक्रम लामा, रोहित चन्द, सुनिल वल, सुजल श्रेष्ठ, हेमन गुरुङ, रवि पासवान, अन्जन विष्ट, सन्तोष तामाङ,विशाल राई, तेज तामाङ

फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ४ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै