ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज फाइनलमा « Khabarhub

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज फाइनलमा


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– चर्च ब्वाइज क्लब ललितपुर यहाँ जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

द यङ ब्रदर्स इटहरीलाई टाइब्रेकरमार्फत ३-१ गोल अन्तरले पराजित गर्दै  चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो । खेलको ७७औंँ मिनेटमा द यङ ब्रदर्स क्लब इटहरीका प्रवेश बस्नेतले पहिलो गोल गरेका थिए ।

 खेलको ९०औँ मिनेटमा चर्च ब्वाइजका खेलाडी सुमन श्रेष्ठले गोल गरेसँगै खेल १-१ गोलको बराबरीमा पुगेको थियो । पाँच मिनेट थप समयमा गोल नभएपछि खेल टाइब्रकेरमा पुगेको थियो । 
    
बिहीबार समूह ‘बी’ मा रहेको सिरहाले र रेडस्टार झापासँग प्रतिस्पर्धा गर्नेछ । सो समूहका विजेताले फाइनलमा चर्च ब्वाइजसँग भिड्नेछ । 

आयोजक लाखे जात्रा सञ्चालन समितिका अनुसार साउन ३० गते फाइनलका दिन खेलमैदानमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । विजेता टोलीले नगद रु सात लाख दुई हजार ८२ प्राप्त गर्नेछ, भने उपविजेताले तीन लाख ५० हजार ८२ पाउनेछ ।
 

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ७ : २० बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी