गगन थापा भन्छन् : धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्छ « Khabarhub

गगन थापा भन्छन् : धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्छ


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले धार्मिक स्वतन्त्रता भएको देशमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको छनोट गर्ने कुरा उसको निजी कुरा भए पनि धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ छत्रेपाटीखर्कस्थित तिलेश्र मन्दिर संरक्षण समितिद्वारा आयोजित ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ २०७५’ को दोस्रो दिन सहभागी पुगेका नेता थापाले कुन धर्म मान्ने र कुन धर्मको अभ्यास गर्छ गर्दैन भन्ने कुरा निजी भएको बताए ।

उनले भने, ‘धर्मको अभ्यास गरे पनि नेपालभित्र धर्म परिवर्तनको अभ्यास गर्ने कुरालाई राज्यले रोक्नुपर्ने हुन्छ, त्यो राज्यको दायित्व हो ।’ धर्म परिवर्तन गर्ने कुरालाई पूर्णरूपमा रोक्नुपर्ने उल्लेख गर्दै थापाले त्यसको अधिकार संविधानले नै नेपाल राज्यलाई दिएको बताए।

तिलेश्वर मन्दिर संरक्षण समितिद्वारा आयोजित मन्दिर प्रचारप्रसार, विकास तथा पुनःनिर्माण गर्न सहयोग जुटाउने उद्देश्यले भएको महायज्ञमा ५० लाख उठाउने लक्ष्य राखिएको समितिका संयोजक कृष्णबहादुर लामाले बताए । उनका अनुसार मन्दिर निर्माणका साथै अन्य भौतिक संरचना निर्माणसहितको लागि करीब २ करोडको गुरुयोजना तयार पारी काम अगाडि बढाइसकिएको छ । महायज्ञ आगामी २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ९ : ०८ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,