जया बच्चनको सेल्फी विवाद: कंगनाको प्रतिक्रिया, सामाजिक सञ्जालमा हलचल « Khabarhub

जया बच्चनको सेल्फी विवाद: कंगनाको प्रतिक्रिया, सामाजिक सञ्जालमा हलचल


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – समाजवादी पार्टीकी सांसद तथा बलिउड नायिका जया बच्चन मंगलबार दिल्लीस्थित संविधान क्लबमा सार्वजनिक रूपमा रिसाएर एक व्यक्तिलाई धकेलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यो घटना त्यति बेला सुरु भयो जब एक व्यक्ति नायिका जयासँग सेल्फी खिच्न प्रयासरत थिए। भिडियोमा स्पष्ट देखिन्छ, जया बच्चनले उक्त व्यक्तिलाई धकेल्दै रिसपूर्ण स्वरमा सोधिन्, “के गर्दै हुनुहुन्छ तपाईं? यो के हो?”

यस घटनामा अभिनेत्री र मण्डीबाट बीजेपी सांसद कंगना रनौतले पनि प्रतिक्रिया दिइन्। उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा उक्त भिडियोलाई शेयर गर्दै लेखिन्, “सबैभन्दा बिग्रेको र सुविधा सम्पन्न महिला। मानिसले उनको रिस/असमझदारी सहन्छन् किनभने उनी अमिताभ बच्चन जीकी श्रीमती हुन्।”

नायिका कंगनाले जया बच्चनको बारेमा बोलेको यो पहिलो पटक भने होइन। यी दुवै नायिका बीच टिका टिपणीको वार पहिला देखिने हुँदै आएको हो। कलाकारले मात्रै हैन धेरै दर्शकले पनि जया बच्चनको यस्तो व्यवहारबाट निराश भएका छन् र सामाजिक सञ्जालमा आफ्नो असन्तोष व्यक्त गरेका छन्। एक प्रयोगकर्ताले लेखे, “यो त उनको दोहोरिएको व्यवहार हो, यस्तो व्यक्तिसँग सेल्फी खिच्न मान्छे किन पागल हुन्छन्?” अर्काले टिप्पणी गरे, “साँचिकै असभ्य व्यवहार!” तेस्रोले लेखे, “उनी सधैं केही न केही कारणले रिसाउँछिन् जस्तो लाग्छ, तर हामी उनलाई अभिनेता भएर सम्मान गर्छौं।”

यो घटनापछि सामाजिक सञ्जालमा विवाद र प्रतिक्रिया दुवै देखा परेको छ। जया बच्चनको व्यवहार र कंगनाको प्रतिक्रियाले राजनीतिक तथा मनोरञ्जन जगतमा व्यापक चर्चा बढाएको छ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ७ : ३२ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा