सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत लाभांश दिने  « Khabarhub

सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत लाभांश दिने 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा ग्रोथ फण्ड योजनाले आर्थिक वर्ष २०८१÷८२ का लागि लाभांश दिने भएको छ । उक्त फण्डको व्यवस्थापनको बुधबार साँझ ५ बजे बसेको संचालक समितिको बैठकले सो योजनाको इकाई धनीहरुलाई लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीले १० करोड ६१ लाख ८९ हजार रुपैयाँ बराबरको हुन आउने १५.७९ प्रतिशत लाभांश दिने भएको छ । उक्त्त लाभांश कर सहित भएको कम्पनीले जनाएको छ । 

लाभांश सुरक्षित गर्नेका लागि कम्पनीले भदौ ६ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । भदौ ५ गतेसम्म कायम रहेको व्यक्तिले उक्त लाभांश पाउने छन् । 

उक्त फण्ड बन्दमुखी योजना अन्तरगत हो  । फण्डको आकार ६७ करोड २५ लाख ३२ हजार ६०० रुपैयाँ बराबरको छ । 

उक्त फण्ड सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १२ : २४ बजे

बीमा रकम भुक्तानी सहजतातर्फ, १५ अर्ब रकम विनियोजन, विगतको बक्यौता पठाइँदै

काठमाडौँ– स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य

बीस विद्यालयलाई ल्यापटप वितरण

हुम्ला– हुम्ला जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका

हुम्लाका विद्यालयलाई फुटबल सहयोग

हुम्ला– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

पूर्वाधार विकासको प्रतीक्षामा ‘दोमुख’

हुम्ला– हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा