नगद र लागूऔषधसहित एक युवक पक्राउ « Khabarhub

नगद र लागूऔषधसहित एक युवक पक्राउ


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगञ्जबाट प्रहरीले स्रोत नखुलेको २२ लाख बढी नगद र १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका युवकलाई जिल्ला अदालत, बाँकेबाट चार दिनको म्याद थप गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले मङ्गलबार राति नेपालगन्ज १४ का २८ वर्षीय रमेश लोनियाको घर खानतलासी गरेको थियो ।

त्यस क्रममा नेपाली र भारतीय गरी २२ लाख तीन हजार ९१५ रुपैयाँसहित ब्राउनसुगर बरामद गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताए ।

यस्तै, उनको घरबाट सुनचाँदीका विभिन्न गरगहना, पाँच थान खुकुरी, दुई थान मोटरसाइकल र १० वटा मोबाइल पनि बरामद गरेको छ ।

घटनामा अवरोध सिर्जना गर्न खोजेका चार जनालाई पनि पक्राउ गरिएको र तीमध्ये दुईलाई प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा हिरासतमा लिइएको प्रहरी नायब उपरीक्षक पातलीले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १२ : २८ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको