नेपाल बैंकको नाफा १३ हजार १७५ प्रतिशतले बढ्यो  « Khabarhub

नेपाल बैंकको नाफा १३ हजार १७५ प्रतिशतले बढ्यो 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१÷८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंककले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १३ हजार १७५.८९ प्रतिशतले बढेको छ । 

गत वर्ष बैंकले ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले २ करोड ८४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 

बैंकको ब्याज आम्दानी १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १६.८२ प्रतिशतले बढी हो । 

बैंकको खराब कर्जा गत वर्ष ४.४७ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी २५.४८ प्रतिशतले बढेर २५.६८ रुपैयाँ पुगेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ २५९.८१ रुपैयाँ पुगेको छ । 

बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २३ अर्ब ४८ करोड २९ लाख रुपैयाँ सञ्चित रहेको छ । 

बैंकले गत वर्ष ३ खर्ब ३२ अर्ब २ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले गत वर्ष २ खर्ब  २१ अर्ब ७० करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १२ : ४६ बजे

ओलीलाई लक्षित गर्दै पोखरेलले भने : म भए आयोगमा बयान दिन गइसक्थेँ

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको

बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

धरान– धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा बसले अटोलाई ठक्कर दिँदा

काठमाडौं विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक–  यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह

टियागो इभिमा मेडिकल प्रोफेसनलका लागि विशेष अफर

काठमाडौं– टाटा मोटर्स नेपालका लागि आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभिमा विशेष

प्रभुका अर्का उच्च अधिकारी पक्राउ, बैंकिङ कसुरमा तानिए रेमिट्यान्स विभाग प्रमुख शाक्य

काठमाडौं- बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप कसूरमा