प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न शोभनीय हुँदैन : रेखा शर्मा « Khabarhub

प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न शोभनीय हुँदैन : रेखा शर्मा


२९ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का सांसद रेखा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हलुका टिप्पणी नगर्न सचेत गराएकी छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा उनले प्रधानमन्त्री ओलीलाई हलुका टिप्पणी नगर्न सचेत गराएकी हुन् । 

सांसद शर्माले संसद्लाई प्रधानमन्त्रीबाट सामाजिक सञ्जालको कन्टेन्ट निर्माणको थलो भनिएको भन्दै आपत्ति जनाइन् । 

‘हामी संसद्मा बोल्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालको कन्टेन्ट निर्माणको थलो भनेर संसद् र सांसदलाई जसरी अपमान गर्नुभयो यसका प्रति म खेद प्रकट गर्दछु,’ उनले भनिन्, ‘देशको प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न शोभनीय हुँदैन भन्ने कुराको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  २ : १० बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र