प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको शपथ | Khabarhub Khabarhub

प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको शपथ


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सह प्रा डा पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्धिप्रसाद पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा भरत खत्रीले शपथ लिएका हुन् ।

कार्यक्रममा कुलपति ओलीले स्वच्छ र पारदर्शीरुपमा देखिने खालको काम गर्न सफलता मिलोस् भनी शुभकामना दिए ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  २ : ५६ बजे

काश्मीरमा भीषण बाढी, कम्तीमा ३४ जनाको मृत्यु

एजेन्सी– भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको

सचिवालयको स्पष्टीकरण- न्यायपरिषद्‍मा रविविरुद्धको उजुरी गृहमन्त्रीको कार्यकक्षमा तयार गरिएको होइन

काठमाडौं – गृहमन्त्री रमेश लेखकको सचिवालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा

बागमतीका निलम्बित मेयर थापालाई भ्रष्टाचार मुद्दामा आठ वर्ष सजाय, १० करोड असुल्न आदेश

काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रोल्पा– ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा थवाङ गाउँपालिका-२ दहवाङ बस्ने

वायुसेवा निगम प्रदेश सरकारहरूसँग मिलेर जहाज किन्ने तयारीमा

काठमाडौं– नेपाल वायुसेवा निगमले प्रदेश सरकारहरूसँग मिलेर जहाज खरिद तयारी