‘समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी’ भन्ने पार्टीको स्थापित मान्यताका लागी क्रियाशील हुन्छौँ : अध्यक्ष झा « Khabarhub

‘समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी’ भन्ने पार्टीको स्थापित मान्यताका लागी क्रियाशील हुन्छौँ : अध्यक्ष झा


२९ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुनर्गठित नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदाय भन्ने पार्टीको स्थापित मान्यताका लागी क्रियाशील हुने बताएका छन् । 

लामो समयदेखि निष्क्रिय रहेको पार्टीलाई पुनर्गठित गरेपछि बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाले नेपाल भित्र समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदाय भन्ने पार्टीको स्थापित सैद्धान्तिक मान्यताका लागी क्रियाशील र सङ्घर्षरत रहने बताएका छन् ।

उनले आफ्नो नेतृत्वमा गरिएको पुनर्गठनलाई निर्वाचन आयोगले औपचारिक रूपमा मान्यता प्रदान गरेको जानकारी समेत दिए । अब पछि परेका समुदायको पहिचान, पहुंच, प्रतिनिधित्व, प्रदेश र प्राकृतिक श्रोत एवं राजस्वको बाँडफाँडमा समान अधिकारका लागी अर्थात् मजबुत संघीयता र अर्थपूर्ण समावेशीकरणको पक्षमा सङ्घर्षरत रहने झाले बताए ।

अध्यक्ष झाले संघियता कार्यान्वयनमा प्रदेश सरकारहरूले देखाइरहेको उदासीनता र केन्द्र सरकारको उपेक्षाभाव पार्टीको चिन्ता रहेको धारणा राखे ।

उनले मधेशी केन्द्रित दलको मोर्चामा रहने वा छुटै कार्यक्रमलाई अघि बढाउने भन्ने बारेमा पार्टीभित्र छलफल गरिने उल्लेख गरे  । हाल पुनर्गठित नेपाल सद्भावना पार्टीमा आफ्नो नेतृत्वमा ९१ सदस्यीय कार्यसमिति गठन भएको उनले जानकारी दिए । 

पुनर्गठित नेपाल सद्भावना पार्टीले सुकुम्वासी समस्या लगायत कुनै पनि समस्याको बहानामा भई रहेको मधेशको भूमि वितरण कार्य लाई अविलम्ब रोक्न सरकार सँग माग गरेको छ भने मधेश लगायत देश भरका किसानले भोगी रहको रासायनिक मलको कमीको समस्याको अविलम्ब समाधानको लागी केन्द्र र प्रदेश सरकारहरूसँग माग गरेको छ । 

अध्यक्ष झाले नेपाल सद्भावना पार्टीको ३६ वर्षको यात्रा पार गर्दै बर्तमान स्वरूप पुनः ग्रहण गर्दासम्म यसबीचमा गरिएका सबै प्रकारका कार्यहरूको स्वामित्व ग्रहण गर्ने बताए । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ३ : ३६ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र