‘समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी’ भन्ने पार्टीको स्थापित मान्यताका लागी क्रियाशील हुन्छौँ : अध्यक्ष झा « Khabarhub

‘समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी’ भन्ने पार्टीको स्थापित मान्यताका लागी क्रियाशील हुन्छौँ : अध्यक्ष झा


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुनर्गठित नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदाय भन्ने पार्टीको स्थापित मान्यताका लागी क्रियाशील हुने बताएका छन् । 

लामो समयदेखि निष्क्रिय रहेको पार्टीलाई पुनर्गठित गरेपछि बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाले नेपाल भित्र समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदाय भन्ने पार्टीको स्थापित सैद्धान्तिक मान्यताका लागी क्रियाशील र सङ्घर्षरत रहने बताएका छन् ।

उनले आफ्नो नेतृत्वमा गरिएको पुनर्गठनलाई निर्वाचन आयोगले औपचारिक रूपमा मान्यता प्रदान गरेको जानकारी समेत दिए । अब पछि परेका समुदायको पहिचान, पहुंच, प्रतिनिधित्व, प्रदेश र प्राकृतिक श्रोत एवं राजस्वको बाँडफाँडमा समान अधिकारका लागी अर्थात् मजबुत संघीयता र अर्थपूर्ण समावेशीकरणको पक्षमा सङ्घर्षरत रहने झाले बताए ।

अध्यक्ष झाले संघियता कार्यान्वयनमा प्रदेश सरकारहरूले देखाइरहेको उदासीनता र केन्द्र सरकारको उपेक्षाभाव पार्टीको चिन्ता रहेको धारणा राखे ।

उनले मधेशी केन्द्रित दलको मोर्चामा रहने वा छुटै कार्यक्रमलाई अघि बढाउने भन्ने बारेमा पार्टीभित्र छलफल गरिने उल्लेख गरे  । हाल पुनर्गठित नेपाल सद्भावना पार्टीमा आफ्नो नेतृत्वमा ९१ सदस्यीय कार्यसमिति गठन भएको उनले जानकारी दिए । 

पुनर्गठित नेपाल सद्भावना पार्टीले सुकुम्वासी समस्या लगायत कुनै पनि समस्याको बहानामा भई रहेको मधेशको भूमि वितरण कार्य लाई अविलम्ब रोक्न सरकार सँग माग गरेको छ भने मधेश लगायत देश भरका किसानले भोगी रहको रासायनिक मलको कमीको समस्याको अविलम्ब समाधानको लागी केन्द्र र प्रदेश सरकारहरूसँग माग गरेको छ । 

अध्यक्ष झाले नेपाल सद्भावना पार्टीको ३६ वर्षको यात्रा पार गर्दै बर्तमान स्वरूप पुनः ग्रहण गर्दासम्म यसबीचमा गरिएका सबै प्रकारका कार्यहरूको स्वामित्व ग्रहण गर्ने बताए । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ३ : ३६ बजे

कामपाद्वारा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र

‘बागमती प्रदेशका पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’

काठमाडौं– बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता

ग्यिरोङ, चीन- चीनको क्षिजाङ स्वायत्त क्षेत्रमा बुधबार बिहान गएको विनाशकारी

भोटेकोशी बाढीका ७८ घाइते उपचारपछि डिस्चार्ज

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८

बाढीको विपद्‍मा मौन बसेको टिप्पणी भएपछि पार्टी कार्यालयमा देखिए रवि, राहत र उद्धारबारे लिए ब्रिफिङ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोटेकोसी