भारतबाट यात्रु ओसार्दै पर्यटन परमिट बस | Khabarhub Khabarhub

भारतबाट यात्रु ओसार्दै पर्यटन परमिट बस


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा- पर्यटन परमिटको अनुमति पाएका नेपाली बसले भारतबाट दशैँ मनाउन घर फर्किने नेपाली यात्रु ओसार्न थालेका छन् ।

घर फर्किने नेपालीको सुविधाका लागि पर्यटन इजाजतका बसलाई समेत आगामी कात्तिक १५ गतेसम्मका लागि नेपालगञ्ज नाकाबाट भारतका शहरमा आउन जान रोक नलगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार नेपाल–भारत मैत्री बसलाई मात्रै नेपालगञ्ज नाकाबाट भारततर्फ जान अनुमति भए पनि चाडपर्वलाई मध्यनजर गर्दै एक महिनाका लागि पर्यटन रुट परमिटको इजाजत पाएका बसलाई समेत अनुमति दिइएको हो ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय बुटवलको अनुरोधमा विगतमा लगाइएको रोक एक महिनाका लागि खुला गरिएको उहाँको भनाइ छ । पर्यटन रुट परमिटका बसले अवैधरूपमा यात्रु ओसार्न थालेपछि नेपालगञ्जका होटल तथा यातायात व्यवसायीले भने त्यसको विरोध गर्दै आएका छन् ।

पर्यटकीय इजाजत लिएर भारतका विभिन्न शहरमा अवैधरूपमा यात्रु ओसारपसार गर्ने नेपाली बसलाई रोक्नका लागि सरोकारवाला निकायलाई पटकपटक अनुरोध गरेपछि रोकिए पनि अहिले फेरि चाडपर्वको नाममा चल्न दिनु दुःखद् भएको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताए । “पर्यटकका नाममा यात्रु ओसार्न पाइँदैन”, अध्यक्ष कँडेलले भने, “यी गाडी नेपालगञ्जमा रोक्दै नरोकी सिधै गन्तव्यमा जानाले यहाँका सबै व्यवसायीलाई मर्का परेको छ ।”

पर्यटन सुविधाको इजाजत लिएर यात्रुवाहक बस सञ्चालन गरिँदा यातायात व्यवसायीका लागि मात्रै नभई सिङ्गो नेपालगञ्ज शहर प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।

भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले अवैधरूपमा सञ्चालन हुने यात्रुवाहक बसका कारण वैधानिकरूपमा सरकारको अनुमति लिएर सञ्चालन हुने नेपाल–भारत मैत्री बसलाई समेत समस्या हुने गरेको बताए । उनले यो समस्या होटल व्यवसायीको एकछाक खाना एक रात बासको मात्र नभई समग्र व्यवसायसँग जोडिएको बताए ।

यात्रु नेपालगञ्जमा होटलमा खाना खाने बास बस्नेदेखि अटो चढ्नेसम्मका सुविधाबाट वञ्चित भएको उनको भनाइ छ । नेपालगञ्ज बजार सुनसान हुँदै जाँदा यो अवैध कार्यले ठूलो नोक्सान पुर्‍याएको व्यवसायीको बुझाइ छ । व्यवसायीले प्रहरी प्रशासनको मिलेमतोमा अवैध कार्य भइरहेको भन्दै यसको विरोधमा सडकमै उत्रिने तयारी गरेको बताएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ८ : ०६ बजे

मन्त्री यादवको निर्देशन- देशभरका खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस् 

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले गत असोजमा परेको अविरल वर्षासँगै गएको

महोत्तरीमा उत्कृष्ट करदाताको रूपमा भण्डारी दोस्रो पटक सम्मानित

महोत्तरी– महोत्तरीमा नै सबैभन्दा बढी कर तिरेबापत व्यवसायी तथा समाजसेवी

लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु

जेनेभा– गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायली युद्ध सुरु

अर्थमन्त्रीले आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा भित्र्याए निजी क्षेत्र

काठमाडौं – सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी

मंसिर ९ गतेदेखि स:शुल्क धरहरा चढ्न पाइने

काठमाडौं– सरकारले यही मंसिर ९ गतेदेखि स: शुल्क चढ्न पाउने