विराज स्टारर ‘राम नाम सत्य’ चैत २७ मा आउने « Khabarhub

विराज स्टारर ‘राम नाम सत्य’ चैत २७ मा आउने


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘१२ गाउँ’को सिक्वेल निर्माणलाई थाती राख्दै नायक विराज भट्टले फिल्म ‘राम नाम सत्य’ साइन गरेका हुन् ।

यो फिल्मको बिहीबार लतिपुरको बंगालमुखी मन्दिरमा शुभमुहूर्त भएको छ । स्क्रिप्ट पूजापछि निर्माण पक्षले फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा विराजलाई फिचर्ड गरिएको छ । क्रोधित मुद्रामा रहेका उनको शरीर रगतले लतपतिएको छ । उनले देब्रे खुट्टाले एक व्यक्तिको लास कुल्चिएका छन् । उनको वरवर केही व्यक्तिहरु ढलेका छन् । केहीलाई झुण्डाइएको छ ।

अर्थात्, फिल्ममा एक्सन खुराकहरु भरिपूर्ण रहेको पोस्टरले संकेत गरेको छ ।

यही पोस्टरमार्फत् निर्माण पक्षले फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा प्रदर्शन मिति चैत २७ लाई तोकिएको छ ।

फिल्ममा ‘राम नाम सत्य’मा विराजसहित सुशिल श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी र अर्पण थापा मुख्य भूमिकामा रहेको बताइएको छ ।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्ने यो फिल्मका लेखक तथा निर्देशक माइकल चन्द हुन् ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ११ : २७ बजे

अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ

हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु

बागमती– बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि

मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला

खोटाङ– बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा

हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ

काठमाडौं– काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात

भन्न सहज, गर्न कठिन कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसले सार्वजनिक गरेको १५ औँ महाधिवेशनको तालिका पहिलो नजरमा