खुद नाफामा नबिल अब्बल, वितरणयोग्यमा ग्लोबल आइएमई (सूचीसहित) | Khabarhub Khabarhub

२० वाणिज्य बैङ्कको वासलत :

खुद नाफामा नबिल अब्बल, वितरणयोग्यमा ग्लोबल आइएमई (सूचीसहित)


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चालनमा रहेका २० वटै वाणिज्य बैङ्कले गत आर्थिक वर्ष (आव) ०८१/८१ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

विवरण हेर्दा गत आवको तुलनामा बैङ्कहरूको औसत वित्तीय अवस्थामा सुधार आएको देखिएको छ । अधिकांश बैङ्कको नाफा र वितरणयोग्य नाफाको प्रतिशत पनि बढेको छ ।

गत आवमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्न नबिल बैङ्क सफल भएको छ । सबैभन्दा बढी वितरणयोग्य नाफा ग्लोबल आइएमई बैङ्कले आर्जन गरेको छ ।

अपरिस्कृत वित्तीय विवरण अनुसार; गत आवमा नबिल बैङ्कले सबैभन्दा धेरै सात अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन नाफा सो बैङ्कको अघिल्लो आव ०८० को तुलनामा झण्डै एक अर्ब रुपैयाँले धेरै हो । अर्थात्; नबिलले अघिल्लो आवमा ६ अर्ब १९ करोड ७१ लाख नौ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफामा दोस्रो प्रतिस्पर्धी एनआईएमबी बैङ्क देखिएको छ भने सबैभन्दा कमजोर एनआईसी एसिया बैङ्क देखिएको छ । गत आवमा एनआईसी एसिया बैङ्कले १० करोड १५ लाख ७३ हजार रुपैयाँमात्रै खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, गत आवमा खुद नाफा आर्जनमा ग्लोबल आइएमई बैङ्क अगाडि छ । उक्त अवधिमा ग्लोबल आइएमई बैङ्कले पाँच अर्ब ३७ करोड ९३ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।

वितरणयोग्य नाफा आर्जनमा दोस्रो प्रतिस्पर्धीको रूपमा एभरेरष्ट बैङ्क रहेको छ भने सबैभन्दा कमजोर हिमालयन बैङ्क देखिएको छ ।

वाणिज्य बैङ्कहरूको नाफा र वितरणयोग्य नाफाको अवस्था (हजारमा) :

क्र.सं.बैङ्क नाफा ०८० नाफा ०८१वितरणयोग्य नाफा ०८०वितरणयोग्य नाफा ०८१
१.नबिल६१९७१०९७१२७५६६३०८२९०४४७७३०५९
.एनआईएमबी४१०८८९२६७५६६४९–५६९३२३२४९१३५६
३.ग्लोबल६१३७४५४६२०४७४५५०६७१८५३७९३००
४.प्रभु५१०८५६५४४२६९३–३०२५५२६१०४५१०८
५.एभेरेष्ट३७०३२२५४९१८१६५३३०२३६९४९५४४७०
६.कृषि२८९७४८७४१५४४७५२१३६०८७२८७७९७५
७.सनराइज२९२०३७९४११६९६७१२४१६७५३००५३७२
८.प्राइम३५०७८९४४०२४४३१९९५३३९२७८०८१९
९.वाणिज्य२५५२४६७३८१६७०९–१२८०५०१५२५६४९
१०.नेपाल२८४२०३७७३००८–९६५०७४–४४९०८९
११.सिद्धार्थ३०८००२८३३९५२८५५८०३६११८६२७८७
१२.एनएमबी२२४४३९५३२८१७९१–९३८४११९०९४६७
१३.चाटर्ड३२७५२६८३०२९३०३२४६१५६३१९९३३२६
१४.सानिमा२३९७४४३२५७११५५१४४७३३७२७८०७२०
१५.कुमारी४६०८२११६४०९–५३६७४२४–२७९४०२०
१६.माछापुच्छ«े१०४५१९९२०११४६१–३५९८०४१०७२९३५
१७.एसबीआई१९९९७७२१८०२५८०११०१६४११२३०३५७
१८.हिमालयन१२३८३०३१५१२५३२–७४४१५२६–७१०१५२७
१९.सिटिजन्स१३२०७३११२९३३२१६१३२४२७७५४५२
२०.एनआईसी७०१४९७१६१५७३–२६६६९७२–५२११५२२

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  २ : १५ बजे

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी अन्तिम चरणमा

काठमाडौं- ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद

‘स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक’

काठमाडौं– स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक रहेको

बागमतीमा मन्त्रीको शपथ लिन नपाएका सांसदलाई धोका, भन्छन्- देउवाले सहमति पालना गरेनन्

काठमाडौं– गत साउन १३ गते कांग्रेस संसदीय दलको नेतामा अल्पमतमा

शिक्षा विधेयक संशोधन गर्न प्याब्सनको माग

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र नेपाल निजी

सुवर्णको निधनपछि वैद्यविहीन बन्यो पशुपति आर्यघाट सेवा केन्द्र

काठमाडौँ – घाटेवैद्य सुवर्ण वैद्यको निधनपछि पशुपतिमा रहेको पशुपति आर्यघाट