डेंगु संक्रमणबाट एक जनाको मृत्यु « Khabarhub

डेंगु संक्रमणबाट एक जनाको मृत्यु


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

काठमाडौं कालीमाटीका २४ वर्षीया एक युवतीको मृत्यु भएको अस्पतालले जनाएको छ । यस वर्ष नेपालमा डेंगु संक्रमणबाट मृत्यु भएको यो पहिलो केश हो ।

टेकुमा उपचाररत अन्य ४ जना संक्रमितको अवस्था सामान्य रहेको डा. समिर अधिकारीले जानकारी दिए ।  गत पुषदेखि हालसम्म नेपालमा डेंगु संक्रमितको संख्या २ हजार ९ सय ८४ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडिका अनुसार २४ घण्टामा थप २१ जना नयाँ संक्रमित थपिएका छन् भने एक सातामा १ सय ६८ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । 

देशका ७४ वटा जिल्लामा फैलिएको डेंगी सबैभन्दा धेरै गण्डकी प्रदेशमा ८ सय ८२ जनामा देखिएको छ भने सबैभन्दा कम मधेश प्रदेशमा ५५ जनामा देखिएको इडिसिडीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  २ : १३ बजे

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने

गोरखा– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र

रास्वपा छाडेकी सुमना कांग्रेससँग संवादमा

काठमाडौं- पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसको नेतृत्वसँग संवादमा जुटेकी

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौं– वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ । 

पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन देशभर खटिने

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धपछिको प्रक्रिया व्यवस्थापन