रजनीकान्त र लोकेशको ‘कुली’ले बक्स अफिसमा कायम गर्‍यो नयाँ रेकर्ड | Khabarhub Khabarhub

रजनीकान्त र लोकेशको ‘कुली’ले बक्स अफिसमा कायम गर्‍यो नयाँ रेकर्ड


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड र दक्षिण भारतीय सिनेमाको चर्चित अभिनेता रजनीकान्त र निर्देशक लोकेश कनागराजको बहुप्रतिक्षित फिल्म ‘कुली’ ले विश्वव्यापी बक्स अफिसमा धमाकेदार सुरुवात गरेको छ।

प्रारम्भिक अनुमान अनुसार, फिल्मले पहिलो दिनमा (बिहिबार) करिब १५२-१५५ करोड भारु कमाइ गरेको छ। यससँगै ‘कुली’ले थलापति विजयको लियोलाई पछाडि पार्दै तमिल सिनेमाको इतिहासमा पहिलो दिनको सबैभन्दा ठूलो कमाइ गर्ने फिल्म बनेको छ।

भारतीय मिडिया पिङ्कभिला अनुसार सन् २०२३ मा प्रदर्शनमा आएको फिल्म ‘लिओ’ले पहिलो दिनमा १४४ करोड भारु कमाएको थियो। साथै, ‘कुली’ले रजनीकान्तको व्यक्तिगत करियरमा पनि नयाँ रेकर्ड कायम गर्‍यो।

रजनीकान्तको अघिल्ला हिट फिल्म ‘जेलरु र २.० लाई पनि पछि पार्दै, ७५ वर्षको उमेरमा रजनीकान्तले अझै बक्स अफिसमा धमाका गरिरहेका छन्।

यदि सोमबारसम्म कमाइ सामान्य रह्यो भने, ‘कुली’ले ‘लिओ’ र जेलरु को कुल कमाइ पार गर्दै इतिहासमै नम्बर १ तमिल फिल्म बन्न सक्ने सम्भावना उच्च छ।

बिहिबार पहिलो दिन ‘कुली’ले भारतमा ७७ करोड भारु र अन्तर्राष्ट्रिय बजारमा ८.५ मिलियन अमेरिकी डलर (करिब ७६ करोड) कमाइ गर्दै विश्वव्यापी कुल १५३ करोड भारु बराबरको कारोबार गरेको छ।

त्यस्तै बिहिबार प्रदर्शनमा आएको ऋतिक रोशन र जूनियर एनटीआर को फिल्म ‘वार २’ ले पहिलो दिनमा भारतभर लगभग ५२.५० करोड भारु कमाइ गरेको छ। यसमा हिन्दी संस्करणले लगभग २९ करोड भारु, तेलुगु संस्करणले लगभग २३.२५ करोड भारु र तमिल संस्करणले लगभग २५ लाख भारु कमाएको अनुमान गरिएको छ।

यससँगै, वार २ ले यशराज फिल्म्सको स्पाई युनिभर्सको सबैभन्दा ठूलो ओपनिङको रेकर्ड कायम गरेको छ। तर, यसले अघिल्लो फिल्म वारु को पहिलो दिनको ५३.३५ करोड भारु रेकर्डलाई पार गर्न सकेन।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ९ : ४४ बजे

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत