रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण « Khabarhub

रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसले गत राति युक्रेनमाथि ठूलो मात्रामा हवाई आक्रमण गर्दै ८५ वटा आत्मघाती ड्रोन र एकवटा ‘इस्कान्दर–एम’ प्रकारको बेलिस्टिक मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ । यी आक्रमणहरू अगस्त १५ को साँझदेखि सुरु भई रातभर जारी रहेको थियो ।

युक्रेनका अनुसार, राजधानी किभलगायत चार वटा अग्रपङ्क्ति क्षेत्रहरू लक्षित गरिएका थिए । युक्रेनी वायु सुरक्षाले तीमध्ये ६१ वटा ड्रोन खसाल्न सफल भएको जनाएको छ ।

यो आक्रमण त्यही दिन भएको हो, जुन दिन अमेरिकाको अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच महत्त्वपूर्ण वार्ता सम्पन्न भएको थियो । यद्यपि, सो वार्ताबाट युक्रेन युद्ध अन्त्यका विषयमा कुनै ठोस सहमति हुन सकेन ।

रुसद्वारा सन् २०२२ फेब्रुअरीमा सुरु गरिएको युक्रेन आक्रमण अहिलेसम्म पनि रोकिएको छैन र हजारौँ मानिसको ज्यान लिइसकेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने वार्तापछि हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १ : ३२ बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित