रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण « Khabarhub

रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसले गत राति युक्रेनमाथि ठूलो मात्रामा हवाई आक्रमण गर्दै ८५ वटा आत्मघाती ड्रोन र एकवटा ‘इस्कान्दर–एम’ प्रकारको बेलिस्टिक मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ । यी आक्रमणहरू अगस्त १५ को साँझदेखि सुरु भई रातभर जारी रहेको थियो ।

युक्रेनका अनुसार, राजधानी किभलगायत चार वटा अग्रपङ्क्ति क्षेत्रहरू लक्षित गरिएका थिए । युक्रेनी वायु सुरक्षाले तीमध्ये ६१ वटा ड्रोन खसाल्न सफल भएको जनाएको छ ।

यो आक्रमण त्यही दिन भएको हो, जुन दिन अमेरिकाको अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच महत्त्वपूर्ण वार्ता सम्पन्न भएको थियो । यद्यपि, सो वार्ताबाट युक्रेन युद्ध अन्त्यका विषयमा कुनै ठोस सहमति हुन सकेन ।

रुसद्वारा सन् २०२२ फेब्रुअरीमा सुरु गरिएको युक्रेन आक्रमण अहिलेसम्म पनि रोकिएको छैन र हजारौँ मानिसको ज्यान लिइसकेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने वार्तापछि हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १ : ३२ बजे

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव