सभापति लामिछानेको कारागार सरूवाबारे विस्तृत जानकारी दिइएको छैन : मनिष झा « Khabarhub

सभापति लामिछानेको कारागार सरूवाबारे विस्तृत जानकारी दिइएको छैन : मनिष झा


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कारागार व्यवस्था विभागले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार स्थानान्तरणबारे पूर्ण विवरण उपलब्ध नगराएको पाइएको छ ।

खबरहबले लामिछानेको स्थानान्तरणबारे राखेको जिज्ञासामा रास्वपाका प्रवक्ता मनिष झाले विस्तृत जानकारी आफूहरूले नपाएको प्रतिक्रिया दिए । भैरहवामा रहेका प्रवक्ता झाले स्थानान्तरणको निर्णय थाहा भए पाए पनि समयबारे केही जानकारी नदिएको बताए ।

‘स्थानान्तरणको निर्णय भएको छ । आजै (शनिबार) काठमाडौं लगिने भन्ने छ,’ उनले खबरहबसँग भने, ‘तर, कति बेला लगिन्छ भन्ने बारे हामीले पनि केही जानकारी पाएका छैनौँ । हामी अहिले भैरहवामै छौँ ।’

नख्खु कारागार स्रोतले पनि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई शनिबार नख्खु कारागार ल्याउने भनिए पनि समय एकीन नभएको जनाएको छ । कारागार व्यवस्थापन विभागकी निर्देशक कल्पना घिमिरे नेपालले पनि स्थानान्तरणको समयबारे अनभिज्ञता जनाइन् ।

‘कारागार विभागले लामिछानेलाई सरुवा गर्ने निर्णय गरिसकेको छ । तर कति बजे, कहिले ल्याउने कुरा सरुवा गर्ने र सरुवा भई आउने कारागारको समन्वयमा निर्णय हुन्छ,’ निर्देशक नेपालले भनिन्, ‘सुरक्षाको अवस्था हेरेर दुई कारागारबीचको सहमतिमा ल्याइन्छ ।’

नख्खु कारागारका प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरले ‘टाइम फिक्स’ ९समय तय० नभएको प्रतिक्रिया दिए । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी चक्रराज जोशीले पनि लामिछानेलाई नख्खु ल्याउने निर्णय भए पनि थप जानकारी नभएको बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  २ : १६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली