पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध « Khabarhub

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मलेखु – जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ ।

नीलकण्ठ नगरपालिका–८ साँघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो । अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । 

अघिल्लो वर्ष पहिरो खसेको स्थानमा फेरि पहिरो खसेको नगरपालिका–८ का वडाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । पहिरोसँगै ढुङ्गा र रुख सडकमा खसेकाले तत्काल आवागमन खुलाउन समस्या देखिएको उनले बताए। 

धादिङबेँसी नजिक केही वर्ष अघिदेखि पहिरो खस्दै आएको भए पनि नियन्त्रणको प्रयास भएको छैन । हाल जिल्लाका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेकाले सतर्क रहन आग्रह गरिएको छ । 

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ६ : १५ बजे

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित