काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको जीवनस्तर उठाउने कुरा प्रमुख विषय भएको बताएका छन् ।
राष्ट्रिय सुरक्षा केन्द्र तथा वैदेशिक अध्ययन केन्द्रको व्यवस्थापन र नेपाल बौद्धिक परिषद्को आयोजनामा शनिबार काठमाडौंमा आयोजित ‘सांस्कृतिक कूटनीति : नेपालको विश्व पहिचान प्रवर्द्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले सम्पदा क्षेत्रको विकासको लागि जनताको जीवनस्तर उठाउनु मुख्य चिज रहेको बताए ।
उनले जीवनस्तर उठाउनको लागि नेपालमा सबैभदा प्रमुख पक्ष कृषिको रूपान्तरण भएको उनले बताए । नेपाललाई समृद्ध बनाउन व्यावसायिक कृषि र त्यसलाई पर्यटनसँग जोड्नु पर्ने उनको धारणा छ । उनले कुनै पनि क्षेत्रको विकासको लागि कस्तो रणनीति बनाएर अघि बढिन्छ भन्ने कुरा प्रमुख हुने बताए । त्यो ठाउँको बारेमा बुझेका त्यहीँका मानिसहरूको सक्रियताबाट मात्र विकास सम्भव हुने उनको धारणा छ ।
राष्ट्रिय हित र सुरक्षाका प्रश्नमा पनि कूटनीतिलाई पर्यटनसँग जोड्न सक्नु पर्ने उनको धारणा छ । धर्म र संस्कृतिका ज्ञाताहरूलाई दोस्रो तहको कूटनीतिमा जोड्न सक्ने हो भने त्यसले राष्ट्रिय हितको काम गर्न सक्ने पोखरेलले बताए ।
प्रतिक्रिया