अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन « Khabarhub

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरको काठमाडौं–हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खसेर गतरातिदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ ।

गएराति ठूलो ढुङ्गा र रुखसहितको पहिरो खसेर अवरुद्ध बनेको सडक आज साँझ पहिरो पन्छ्याएर यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी हेटौँडाबाट कुलेखानी हुँदै सिस्नेरी भएर काठमाडौँ जाने मार्गको इन्द्रसरोबर गाउँपालिका–३ ज्यामिरेमा आज बिहान ९ः३० बजे ढुङ्गासहित सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

पहिरो पन्छ्याउने पहल भइरहे पनि लगातार पहिरो खसिरहेकाले समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ८ : ४५ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको