नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल « Khabarhub

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको जीवनस्तर उठाउन कृषिको रूपान्तरण र पर्यटनको विकास आवश्यक रहेको बताएका छन् ।

नेपाल बौद्धिक परिषद्द्वारा आज यहाँ आयोजित ‘सांस्कृतिक कूटनीतिः नेपालको विश्व पहिचान प्रवर्द्धन’ विषयक अन्तरक्रियामा उनले नेपाललाई समृद्ध बनाउन व्यावसायिक कृषि र त्यसलाई पर्यटनसँग जोड्नुपर्ने बताए ।

महासचिव पोखरेलले भने, “विकासको जग र मूलध्येय भनेको जनताको जीवनस्तर उठाउने नै हो, अभाव र गरिबीमा रहेका जनताका बीचमा रहेका सम्पदा क्षेत्रहरूको आकर्षण वृद्धि गर्ने कुरा गरेर मात्रै हुँदैन । सम्पदालाई जीवनस्तर उठाउनका लागि जोड्न आवश्यक छ ।”

उनले कुनै पनि ठाउँको विकास सोही क्षेत्र बुझेका मानिस र तिनकै सक्रियताबाट मात्र सम्भव हुने भन्दै यसमा गम्भीर बन्न सबैलाई आग्रह गरे । महासचिव पोखरेलले पर्यटकलाई घुम्ने र रमाउने वातावरण बनाउन, पर्यटकको बसाइँ लम्ब्याउन सके मात्र पर्यटन र अर्थतन्त्रको विकास हुने भएकाले सोहीअनुसार नीति आवश्यक रहेकामा जोड दिए ।

राष्ट्रिय हित र सुरक्षाका प्रश्नमा पनि कूटनीतिलाई पर्यटनसँग जोड्न सक्नुपर्ने उहाँको धारणा छ । महासचिव पोखरेलले धर्म र संस्कृतिका ज्ञातालाई दोस्रो तहको कूटनीतिमा जोड्न सक्ने हो भने त्यसले राष्ट्रिय हितको काम गर्न सक्ने बताए ।

“सांस्कृतिक कूटनीतिको कुरा गर्दा हामीले बुद्ध दर्शनलाई उपयोग गर्ने विषयबारे पनि सोच्नुपर्छ । यसलाई संसारले शान्तिको प्रतीकका रूपमा लिने गरेकाले हामीले लाभ लिनसक्नुपर्छ”, उनले भने “प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनका हिसाबले पश्चिम नेपाल आकर्षक गन्तव्यको क्षेत्र बन्नसक्छ । अब यसमा पनि ध्यान पुर्‍याउनुपर्छ ।”

नेपाल बौद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले सांस्कृतिक माध्यमबाट नेपालले विश्वमा कूटनीतिक क्षेत्रमा आफ्नो पहलकदमी लिनुपर्ने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ८ : ५५ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु