दुई करोडमा राधाकृष्ण मन्दिर निर्माण | Khabarhub Khabarhub

दुई करोडमा राधाकृष्ण मन्दिर निर्माण


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन गण्डकी) परियोजनाले बागलुङमा दाताको सहयोगमा राधाकृष्ण मन्दिर निर्माण गरेको छ। बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित खुदुर्केमा मन्दिर तथा सभाहल निर्माण गरिएको छ।

मन्दिर श्रीकृष्ण जन्माष्टमीका अवसरमा प्रभु पत्रीदास र महाविष्णु महाराजले उद्घाटन गरे। इस्कोनका सदस्य तथा दानमुठी गर्ने भक्तजनबाट सङ्कलित रकमबाट दुई करोड ५० लाखभन्दा बढी रकम खर्चेर सुविधासम्पन्न सभाहलसहित मन्दिर निर्माण गरिएको हो।

इस्कोन बागलुङका संस्थापक अध्यक्ष परमेश्वर अच्युतदासका अनुसार दानमुठीकै भरमा सयौँ वर्ष पुरानो यहाँको लक्ष्मीनारायण मन्दिर पनि जीर्णोद्धार गरिएको छ। यहाँको लक्ष्मीनारायण गुठीको १७ रोपनी जग्गामा इस्कोन गण्डकीको कृष्णगण्डकी परियोजना सञ्चालनमा छ। परियोजनाको पहिलो चरणमा राधाकृष्ण मन्दिर र सत्सङ्ग हल निर्माण गरेर उद्घाटन गरिएको भए पनि परियोजना सम्पन्न गर्न र ४३ करोडको डिपिआर बनाइएको छ।

तीन वर्षअघि निर्माण भएको डिपिआरअनुसार कृष्णगण्डकी परियोजनामा शालग्राम भगवान्को दर्शन गर्न स्नान गर्ने, अतिथि आवास गृह, सभाहल, मन्दिर र धर्मशाला निर्माण गरिनेछ। कालीगण्डकी र शालग्रामको महत्व बुझाउन गण्डकी स्नानकक्षसहित कालीगण्डकी किनारमै ध्यानस्थल पनि बनाइनेछ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ६ : ०८ बजे

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै