पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै | Khabarhub Khabarhub

पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै छन् । आइतबार पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

पूर्वाधार विकास समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग र रसुवागढीलगायत अन्य सडकको अवस्था  र चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे नै सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ६ : ५५ बजे

फर्स्याइला भरत, ठट्टेउला मुन्धुमविद्

भरत तुङघङ र मेरो पहिलो प्रत्यक्ष भेटघाट संयोगले भएको थियो,

माइलस्टोनमा गृह मन्त्रालय सर्वोत्कृष्ट : लेखकको नेतृत्वमा पाँच वर्षयताकै प्रगति उच्च

काठमाडौं– नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनमा

पोखरामा बीवाईडीको नयाँ शोरूम र सिलायन ७ को शुभारम्भ

पोखरा– नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स

देउवाको निवासमा भारतीय विदेश सचिव मिस्रीलाई स्वागत

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आफ्नै निवास

निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र उद्योगी व्यवसायीले लिन्छन् छुट 

काठमाडौं– नेपाल वायुसेवा निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र निजी