भारतीय विदेश सचिव मिस्री काठमाडौंमा « Khabarhub

भारतीय विदेश सचिव मिस्री काठमाडौंमा


१ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका हुन् ।

विदेश सचिव मिस्री नेपालको औपचारिक भ्रमणमा आएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

मिस्रीले बिहान साढे १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने छन् ।

विदेश सचिव मिस्रीले आजै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ । देउवालाई भेट्न उनी बूढानीलकण्ठ पुग्नेछन् । यस्तै, उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने छन् ।

विदेश सचिवको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ अघि बढाउने अवसरका रूपमा लिइएको दूतावासले उल्लेख गरेको छ।

यो भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तय हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ९ : ५९ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स