भदौका लागि वाणिज्य बैंकमा मुद्दतीको ब्याजदर घट्यो « Khabarhub

भदौका लागि वाणिज्य बैंकमा मुद्दतीको ब्याजदर घट्यो


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजबाट लागू हुनेगरी वाणिज्य बैंकमा मुद्दतीतर्फको औसत ब्याजदर घटेको छ।सातवटा बैंकले व्यक्तिगततर्फ र सातवटाले संस्थागततर्फको ब्याजदर कटौती गरेसँगै वाणिज्य बैंकमा मुद्दतीतर्फको औसत ब्याजदर घट्न पुगेको हो ।

भदौ महिनामा कृषि विकास, एभरेष्ट, कुमारी, नेपाल एसबीआई, स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ र सानिमा बैंकले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका छन्।

कृषि विकास, एभरेष्ट, नेपाल एसबीआई, लक्ष्मी सनराइज, स्टान्डर्ड चाटर्ड, सिद्धार्थ र नबिल बैंकले संस्थागत मुद्दतितर्फको ब्याजदर घटाएका छन् ।

साउन महिनामा वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको औसत ब्याजदर ५.७५ र संस्थागततर्फको मुद्दतीमा ४.११ प्रतिशत औसत ब्याजदर रहेकोमा भदौ महिनामा केही विन्दुले घटेर क्रमशः ५.५८ र ३.९६ प्रतिशत कायम भएको छ ।

भदौ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा धेरै एनआईसी एसियाले ६.२५ र सबैभन्दा कम लक्ष्मी सनराईजले ५ प्रतिशत कायम गरेका छन्।

त्यस्तै, संस्थागत मुद्दतीतर्फ सबैभन्दा धेरै ५.२५ र सबैभन्दा कम स्टान्डर्ड चार्टर्डले २.७५ प्रतिशत कायम गरेका छन्।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १० : २९ बजे

विश्वकप: मेसी र रोनाल्डोसहित यी हुन् १० स्टार खेलाडी

काठमाडौँ – लियोनेल मेसीको जादुयी खुट्टा, क्रिस्टियानो रोनाल्डोको एक्रोबेटिक प्रहार,

बीमा रकम भुक्तानी सहजतातर्फ, १५ अर्ब रकम विनियोजन, विगतको बक्यौता पठाइँदै

काठमाडौँ– स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य

बीस विद्यालयलाई ल्यापटप वितरण

हुम्ला– हुम्ला जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका

हुम्लाका विद्यालयलाई फुटबल सहयोग

हुम्ला– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक