केपी ओलीको नेतृत्वमा एमाले एकजुट छ, कुनै गुट छैन : योगेश भट्टराई | Khabarhub Khabarhub

केपी ओलीको नेतृत्वमा एमाले एकजुट छ, कुनै गुट छैन : योगेश भट्टराई


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- नेकपा (एमाले)का सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पार्टीमा अहिले कुनै गुट नरहेको बताएका छन् ।

प्रेस चौतारी ताप्लेजुङले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिंगो एमाले एकताबद्ध रहेको बताए ।

भट्टराईले देशको आवश्यताले एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार बनेकोले आगामी निर्वाचनसम्म यसैले निरन्तरता पाउने बताए ।

‘देशमा विषम परिस्थिति आएकाले गत वर्ष एमालेको नेतृत्वमा सरकार बनेको हो’ भट्टराईले भने ‘सरकारले देशको आर्थिक स्थिति,अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाएको छ । कतिपय कानुन संशोधन गरेको छ । विकासका कामलाई तीव्रता दिएको छ । ’

भट्टराईले संविधान संसोधनको समयमा स्थानीय तहको संख्या घटाएर र वडाको संख्या बढाउनु पर्ने बताए। संविधान संसोधनका क्रममा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष र संवैधानिक आयोगका संख्या पनि घटाउनु पर्ने उनले बताए ।

वर्तमान सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेको बताए ।

‘हाम्रो नेतृत्वमा सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर लगानीका लागि आह्वान गरेको छ’ भट्टराईले भने ‘ थुप्रै आर्थिक ऐन संसोधन भएका छन् । केही नयाँ बनाइएको छ । विदेशी लगानीलाई निरुत्साहित गर्ने कानुनलाई संशोधन गरिएको छ । ’

उनले जिल्लामा चालु रहेका र आउन चाहेका विकासका ठूला परियोजनालाई कतैबाट पनि अवरोध गर्नु नहुने पनि बताएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १ : १७ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले