शंकर पोखरेलको जिकिर : पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा ल्याएर माओवादीले गम्भीर भूल गर्‍यो | Khabarhub Khabarhub

शंकर पोखरेलको जिकिर : पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा ल्याएर माओवादीले गम्भीर भूल गर्‍यो


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमालेलाई लोकतन्त्रको मानक स्थापना गर्ने पार्टीको रूपमा व्याख्या गरेका छन् ।

आइतबार कञ्चनपुरमा आयोजित जिल्ला कमिटीको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काउनु राष्ट्रको सम्मान र लोकतान्त्रिक मूल्यका लागि उचित नहुने स्पष्ट पारे ।

‘राष्ट्रको अभिभावक, सेनाको परमाधिपति जस्ता पदमा पुगेको व्यक्ति सबैका साझा व्यक्ति हुन्छन् । त्यस्तो पद धारण गरिसकेको व्यक्तिले पुनः राजनीति गर्ने कुरा राम्रो सन्देश होइन,’ महासचिव पोखरेलले भने ।

एमालेको यो निर्णय केवल विद्यादेवी भण्डारीका लागि नभई भविष्यका लागि मार्गनिर्देशनस्वरूप गरिएको उनले बताएका छन् ।

महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रले पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्काएर गम्भीर भूल गरेको बताउँदै त्यसलाई सच्याउनुपर्नेमा जोड दिए ।

उनले एमालेले विधि, अनुशासन र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै अघि बढ्ने स्पष्ट गरे ।

त्यस्तै उनले दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्षको कार्यकाल दुई वर्षमा सीमित गर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा निर्णय गरेको बताए ।

पूर्वउपाध्यक्ष डा. भीम रावल पार्टीहित विपरीत कार्यमा संलग्न भएकाले पार्टीबाट बाहिरिनुपर्ने अवस्था आएको पनि उनले बताए ।

उनले एमालेलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भइरहेको दाबी गर्दै कार्यकर्तालाई एकताबद्ध भई ‘मिशन ८४’ सफल बनाउन आह्वान गरे ।

‘एमालेविरुद्ध भइरहेको चुनौतीको सशक्त प्रतिवाद गर्दै एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने हाम्रो अभियान हो,’ पोखरेलले भने ।

उनले कांग्रेस–एमाले नजिकिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छटपटिएको टिप्पणी गरे ।

उता रास्वपाले निराशा र पपुलिज्मलाई आधार बनाएर राजनीति गरिरहेको पनि पोखरेलले निष्कर्ष सुनाए । ‘अराजकता र पपुलिज्म दीर्घकालीन हुँदैन,’ पोखरेलले अगाडि भने ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ३ : ४१ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले