‘मैले एक पैसो घुस लिएको छैन, पैसा कमाउन राजनीति गर्ने होइन’ « Khabarhub

‘मैले एक पैसो घुस लिएको छैन, पैसा कमाउन राजनीति गर्ने होइन’


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका छन् ।

राप्रपा केन्द्रीय प्रशिक्षण विभागले आइतबार काठमाडौँमा आयोजना गरेको नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीति नितान्त सेवाको क्षेत्र भएकाले पैसा कमाउने माध्यम नबनाउन आग्रह गरे

उनले राजनीतिले खान लाउन नदिने भएकाले राजनीतिमा लागेका हरेक व्यक्तिहरुले कुनै न कुनै व्यवसाय गर्नैपर्ने उल्लेख गरे ।

लिङ्देनले आफूले राजनीतिक जीवनमा कुनै बेइमानी नगरेको बताउँदै कसैको एक रुपैयाँ पनि घुस नलिएको दाबी गरे ।

उनले नेपालका स्रोत साधनको अधिकतम् उपयोग गर्न सके कुनै पनि युवाहरू विदेशिनु नपर्ने गरि स्वदेशमा परिचालन गर्न सकिने उल्लेख गरे ।

पार्टीले लिएको उद्देश्यअनुरुप एकजुट भएर लाग्न पार्टीको महिला संगठनलाई उनले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ३ : ४९ बजे

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त