२४ घण्टा सुरक्षित र भरपर्दो  विद्युत् आपूर्ति गर्न प्राधिकरण सक्षम हुनुपर्छ : मन्त्री खड्का « Khabarhub

२४ घण्टा सुरक्षित र भरपर्दो  विद्युत् आपूर्ति गर्न प्राधिकरण सक्षम हुनुपर्छ : मन्त्री खड्का


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा र विद्युत्लाई अक्सिजन सरह अपरिहार्य रहेको भन्दै नेपाल विद्युत् प्राधिकरणलाई २४ घण्टा अविच्छिन्न, सुरक्षित र भरपर्दो आपूर्ति गर्न सक्ने संस्थामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल विद्युत् प्राधिकरणको ४० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले विगतका वर्षमा निजी क्षेत्रसँग सहकार्य गरेर विद्युत् उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल भए पनि अझै धेरै सुधारका पक्ष बाँकी रहेको बताए । 

‘हामी नागरिकभन्दा एक कदम अगाडि छौँ, त्यसैले केवल दायित्व पूरा गरेर पुग्दैन, कर्तव्य बोधका साथ प्रेरणादायी ढंगले काम गर्नुपर्छ,’ उनले भने ।

उनले सुरक्षित, गुणस्तरीय र भरपर्दो विद्युत् प्रवाहलाई आजको मुख्य आवश्यकता ठहर गर्दै प्राधिकरणलाई स्मार्ट प्रविधि प्रयोगमार्फत विद्युत् चुहावट न्यूनीकरण गर्न निर्देशन दिए । 

साथै, विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणमा पनि निजी क्षेत्रलाई सक्रिय रूपमा सहभागी गराइएको र आगामी दिनमा विद्युत् बिक्रीमा समेत संलग्न गराइने स्पष्ट पारे ।

मन्त्री खड्काले गरिब तथा विपन्न वर्गलाई विना धितो जलविद्युतको शेयर उपलब्ध गराएर उनीहरूको आर्थिक अवस्था सुधार गर्ने योजनाको समेत जानकारी दिए । 

उनले लामो समयदेखि असुल नगरिएको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तत्काल उठाउन निर्देशन दिँदै ‘प्रयोग गरेको बिजुलीको पैसा पाईपाई उठाउनुपर्छ भन्दै उनले कुनै पनि बहानामा बक्यौता उठाउने काममा ढिलाइ नगर्न निर्देशन दिए  ।

मन्त्री खड्काका अनुसार ऊर्जा क्षेत्रमा भएको प्रगति मुलुकको अर्थतन्त्र सबल बनाउन महत्त्वपूर्ण छ। त्यसैले प्राधिकरणले जिम्मेवार र उत्तरदायी ढंगले काम गर्दै २४ घण्टा विद्युत् आपूर्ति गर्ने क्षमताको विकास गर्नुपर्ने आवश्यकता रहेको उनले दोहोर्‍याए ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ५ : १७ बजे

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता