भारतीय विदेश सचिवसँग मन्त्री राणाले उठाइन् नयाँ हवाई रुटदेखि नेपाली सामान निकासीमा अवरोधसम्मका कुरा « Khabarhub

भारतीय विदेश सचिवसँग मन्त्री राणाले उठाइन् नयाँ हवाई रुटदेखि नेपाली सामान निकासीमा अवरोधसम्मका कुरा


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेशसचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता गरेका छन् । 

त्यस भेटवार्ताका क्रममा नेपाल-भारत सम्बन्धका विविध आयामहरूको चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयहरूमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटका क्रममा मन्त्री डा राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च महत्त्व दिँदै आएको बताइन् । उनले नेपालको एक महत्त्वपूर्ण विकास साझेदारका रूपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिइन् ।  

त्यस अवसरमा मन्त्री डा. राणाले दुई देशका बीचमा पछिल्ला समयमा कनेक्टिभिटी बढाउने कामका साथै विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक ’इङ्गेजमेन्ट’ बढेकामा खुसी व्यक्त गरिन् । 

मन्त्री राणाले कनेक्टिभिटी नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रूपमा सहयोग पुग्ने र दुवै तर्फको पर्यटन एवम् आर्थिक क्रियाकलापका माध्यमबाट पारस्परिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवम् स्थलमार्गका अतिरिक्त हवाई मार्गको पनि थप विस्तार गरी कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिइन् । 

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरूबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउने विषयमा सहयोग गर्न पनि आग्रह गरिन् । नेपालगञ्ज-दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा उनले जोड दिइन् ।

मन्त्री डा. राणाले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको धनगढीको फाप्ला क्रिकेट स्टेडियमको निर्माणको तदारुकतामा पनि जोड दिइन् ।

यस भेटका क्रममा मन्त्री डा राणाले नेपाल–भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै व्यापार सहजीकरणका लागि आग्रह गरिन्।

पछिल्लो समयमा प्लाइउड, स्टिल लगायत उत्पादन भारततर्फ निकासीमा नेपाली निजी क्षेत्रका तर्फबाट समस्या उत्पन्न भएको गुनासो आएकोबारे पनि उनले ध्यानाकर्ष गराइन् । उनले ती मुद्दाहरु र बीआईएस मापदण्ड तथा यसमा परिरहेका कठिनाइबारे पनि कुरा उठाएकी छन् ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट दुवैतर्फ पुग्ने लाभबारे पनि आगामी दिनमा थप कार्यान्वयनका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिइएन् । राणाले बाढी र डुबान नियन्त्रणबारे आपसी सहकार्यसहित अघि बढ्न सकिने कुरा पनि भारतीय विदेश सचिवसमक्ष मन्त्री राणाले राखेकी छन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ६ : ३९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब