पाथीभरा तस्बिर पुस्तक विमोचन | Khabarhub Khabarhub

पाथीभरा तस्बिर पुस्तक विमोचन


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका अवसरमा उक्त पुस्तक विमोचन गरिएको हो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईसहित पाथीभरा क्षेत्र विकास समितिका पदाधिकारीहरूले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गरेका हुन् । 

समितिले सो पुस्तकमार्फत पाथीभराको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक महत्वलाई दृश्यात्मक रूपमा अभिलेखबद्ध गर्ने प्रयास गरेको जनाएको छ । 

पुस्तकमा पाथीभरा क्षेत्रमा विभिन्न समयमा खिचिएका करिब १०० भन्दा बढी तस्बिर समावेश छन् । पुस्तकमा स्थानीय फोटोग्राफर हर्कराज गुरुङ र सन्तोष पुर्कुटीले खिचेका तस्बिरहरू प्रमुख रूपमा राखिएका छन् । 

ती तस्बिरहरूले पाथीभरादेवी मन्दिरआसपासका हिमाल, हरियाली वनस्पति, धार्मिक मेला र स्थानीय जनजीवनलाई प्रस्ट रूपमा अभिव्यक्त गर्छन् ।

पुस्तकमा विशेषगरी ऐतिहासिक र अभिलेखीय महत्वका तस्बिरलाई प्राथमिकता दिइएको छ । पाथीभरा प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यमध्ये एक हो । हरेक वर्ष हजारौँ भक्तजन र पर्यटक पाथीभरा दर्शनका लागि पुग्ने गर्छन् । 

तर, त्यस क्षेत्रमा पर्याप्त दृश्य–अभिलेखीय सामग्री सार्वजनिक नभएका कारण समितिले व्यवस्थित पुस्तक प्रकाशन गर्ने पहल गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।  रासस

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : ४४ बजे

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,