टप टी-२० सिरिज : मेलबर्न स्टार्सले नेपाललाई दियो १७६ रनको चुनौती « Khabarhub

टप टी-२० सिरिज : मेलबर्न स्टार्सले नेपाललाई दियो १७६ रनको चुनौती

सन्दीपले लिए तीन विकेट


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको मेलबर्न स्टार्सले नेपाललाई १७६ रनको चुनौती दिएको छ । टप इन्ड टी–२० सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपालविरुद्ध सुरुमा ब्याटिङ गरेको मेलर्बनले सात विकेटको क्षतिमा १७५ रन बनाएको हो ।

डार्विनस्थित टीआईओ स्टेडियममा जारी खेलमा नेपाललाई अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्सले चुनौतीपूर्ण लक्ष्य दिएको हो । नेपालविरुद्ध मेलर्बनका थोमस रोजर्स र ब्लेक म्याकडोनाल्डले सानदार अर्धशतक बनाए । थोमसले ४६ बलमा ६५ रन बनाउँदा ब्लेकले ४७ बलमा ७४ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिँदा सोमपाल कामी र साहब आलमले एकएक विकेट हात पारे । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
े्

नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन्। अर्कोतर्फ, बिग ब्यास लिग खेलिसकेका साम हार्पर मेलबर्न स्टार्सका कप्तानका रूपमा मैदान छ ।

नेपालले हालसम्म सिरिजमा खेलेका दुवै खेलमा हार बेहोर्नु परेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो। आज नेपाल पहिलो जितको खोजीमा छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ८ : ५५ बजे

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा