दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण « Khabarhub

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण सुरू भएको सुक्खा बन्दरगाह निर्माणस्थलको नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरीक्षण गरेका छन् । 

पश्चिम नेपालको व्यापारको लागि महत्त्वपूर्ण मानिएको सुक्खा बन्दरगाहको आज निरीक्षण गरिएको हो । भारतीय लगानीमा निर्माण हुन लागेको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको जिम्मा पाएको सिओएमटी कन्स्ट्रक्सन प्रालिले ‘साइट क्लेरेन्स’ कामको थालनी गरिसकेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको क्रममा सुक्खा बन्दरगाहको शिलान्यास गर्ने तयारी रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले बताए  । उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गर्नुहुन्छ ।’

तीन वर्षभित्र निर्माण सक्ने गरी काम अघि बढेको छ । सुक्खा बन्दरगाहस्थलमा रहेका एक हजार सात सय पाँच वटा रूख हटाएर जमिन खाली गरेपछि भारतीय निर्माण कम्पनीले साइट क्लियरेन्सको काम गरिरहेको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार नेपाल र भारतका प्रधानमन्त्रीस्तरबाट गरिने सुक्खा बन्दरगाहको शिलान्यासको पूर्वसन्ध्यामा निरीक्षण गरिएको हो ।

पहिलो चरणमा २५ हेक्टरमा गोदाम, भन्सार जाँच, क्वारेनटाइन, इमिग्रेसन, सुरक्षा व्यवस्थापन लगायतका संरचना निर्माण गरिने गजुरेलले जानकारी गराए  । परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रारम्भिक अध्ययन प्रतिवेदनसमेत स्वीकृत भइसकेका छन् । 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १२ : ०७ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न