सौगात, सुहान र प्रकाशले सुरु गरे ‘परालको आगो’को वर्कसप « Khabarhub

सौगात, सुहान र प्रकाशले सुरु गरे ‘परालको आगो’को वर्कसप


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘परालको आगो’ वर्कसपको चरणमा प्रवेश गरेको छ । भदौ २६ गतेदेखि छायाङ्कन सुरु गर्ने योजनासहित कलाकारहरुलाई आइतबारदेखि वर्कसपमा बोलाइएको हो ।

वर्कसपमा फिल्मका शीर्ष कलाकार सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापासहित अन्य कलाकारहरु सहभागी भएका छन् ।

कलाकार जितु नेपाल ‘मुन्द्रे’को बहिर्गमनपछि उनको स्थानमा भित्रिएका सौगात मल्ल नियमित वर्कसपमा उपस्थित भइरहेका छन् ।

यस फिल्मको निर्देशक लक्ष्मण सुनार हुन् । यो फिल्मको छायाङ्कन म्याग्दीको रमणीय स्थानमा हुने उनले बताए । यसको निर्माता सुशील पोखरेल हुन् ।

यो फिल्म साहित्यकार गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ मा आधारित रहेर बन्न लागेको हो । फिल्मको लेखक भने सुशील देवकोटा हुन् ।

‘परालको आगो’ कथालाई ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि फिल्म बनाएका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  २ : २५ बजे

कञ्चनपुरका पाँच हजार बढी किशोरीलाई आजदेखि ‘एचपीभी’ खोप लगाइँदै

कञ्चनपुर– पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा आजदेखि ‘एचपीभी’ खोप

करेन्ट लागेर मजदुरको निधन

झापा– झापाको बिर्तामोड नगरपालिका– २ चारपानेस्थित एक उद्योगमा गए राति

विश्वकपमा नेपालको दोस्रो भिडन्त बिहीबार इटालीसँग

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले

कांग्रेसले भ्रष्टाचार अन्त्य र सुशासनका लागि काम गर्छ : सभापति थापा

सुनसरी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब

निर्वाचन लक्षित ‘सुरक्षा बेस’ स्थापना

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले