पानी प्रशोधन केन्द्रको काम छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन  « Khabarhub

पानी प्रशोधन केन्द्रको काम छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन 


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी प्रशोधन केन्द्रको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

मन्त्रालय मातहतको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति मातहत निर्माणाधीन प्रशोधन केन्द्रको सोमबार स्थलगत निरीक्षणका क्रममा उनले समयमै निर्माण सम्पन्न हुने गरी काम गर्न निर्देशन दिएका हुन् । 

सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै उपप्रधानमन्त्री सिंह बागमतीमा सफा पानी बगाउनुपर्नेमा जोड दिँदै त्यसका लागि भइरहेका काममा चासो राख्दै आएका छन् । 

निरिक्षणका क्रममा आयोजनाका निर्देशक प्रकाश अर्यालले टुकुचामा भइरहेको कामको अवस्था र आयोजनामा देखिएको समस्याबारे उपप्रधानमन्त्री सिंहलाई जानकारी गराएका थिए । 

‘उपप्रधानमन्त्रीज्यूले निर्माण स्थलको अवलोकन गरे। अहिले भइरहेको कामको प्रगतिबारे आयोजनाका तर्फबाट जानकारी गराएका छौँ,’ उनले भने, ‘मन्त्रीज्यूले छिटो काम गर्न निर्देशन दिनुभएको छ । काठमाडौं र ललितपुर दुवैतर्फ बाढीबाट क्षति नहुने गरी काम गर्न पनि निर्देशन प्राप्त भएको छ ।’ 

निर्देशक अर्यालले टुकुचना प्रशोधन केन्द्र निर्माणको म्याद करिब १५ महिना रहेको जानकारी दिँदै समयमै काम सम्पन्न हुने गरी आफूहरू अघि बढेको बताए । 

०७५ सालमा सरकारले टुकुचा खोलाबाट बग्ने फोहोर पानीलाई प्रशोधन गर्ने गरी टुकुचा क्षेत्रमै प्रशोधन प्लान्ट बनाउने निर्णय गरेपछि काम सुरु भएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  २ : २४ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव