जिम्मेवारीमा रहनेहरूले इमानदारीपूर्वक उभिनुपर्छ : उपसभापति खड्का « Khabarhub

जिम्मेवारीमा रहनेहरूले इमानदारीपूर्वक उभिनुपर्छ : उपसभापति खड्का


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको विभिन्न जिम्मेवारीमा रहेकाहरूले आफूलाई इमानदारितापूर्वक उभ्याउनुपर्ने बताएका छन् । उनले टोलदेखि केन्द्रसम्मका जिम्मेवारीमा रहेकाहरूले पार्टीलाई समय दिनुपर्ने बताए । 

‘पार्टी अधिवेशनको बेला दरखास्त हाल्नका लागि मारामार हुन्छ,’ सोमबार वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपसभापति खड्काले भने, ‘निर्वाचित भएर आइसकेपछि आफ्नो भूमिका निर्वाह नगरिदिने, खटाएको ठाउँमा नजाने प्रवृत्तिलाई म–म भन्दै सुधार्न आवश्यक छ ।’

उनले स्वर्गीय नेताहरूले इतिहास छोडेर गएको बताउँदै विगतको इतिहास कांग्रेसको तागत भएको बताए । ‘स्वर्गीय नेताहरू हामीलाई ब्युझाउन आउनुहुन्न, उहाँहरूले केवल इतिहास छोडेर जानु भएको छ,’ उपसभापति खड्काले भने, ‘इतिहासको ताकत समातेर जाँगरिलो भनेर अघि बढ्न आवश्यक छ ।’

उनले पार्टी र देशभित्र समस्या रहेको बताउँदै ती समस्याको समाधान कांग्रेसले गर्ने बताए । ‘पार्टीभित्र समस्या छन्, समाधान हामीले गर्ने हो, अरु आएर गरिदिँदैन, देशभित्र र समाजमा समस्या छन्, ती समस्याको समाधान कांग्रेसले गर्ने हो,’ उनले भने । 

उपसभापति खड्काले आम मतदाताले कांग्रेस र विभिन्न तहको नेतृत्वमा रहेकाहरूबाट सुधार खोजिरहेको बताए । उनले मतदाता र नागरिकहरूमा निराशा नभएर असन्तुष्टि रहेको बताउँदै ती असन्तुष्टहरूलाई जिम्मेवारीमा रहेकाहरूले सम्बोधन गर्नुपर्ने बताए ।

‘आम मतदाता र कार्यकर्तामा निराशा छैन, असन्तुष्टि छ, निराशा हुँदा प्रतिक्रिया विमुख हुन्छ, असन्तुष्टिले मानिसलाई जाँगरिलो बनाउँछ, ऊर्जावान् बनाउँछ, अहिले आम मतदाता र नागरिकहरूमा देखिएको असन्तुष्टि हो,’ खड्काले भने, ‘मतदाता र नागरिकहरूले नेतृत्वमा रहेकाहरूबाट कमी–कमजोरी र त्रुटिहरूलाई सच्याएर सुध्रने प्रतिबद्धता खोजिरहेका छन् ।’

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका खड्काले प्रतिष्ठानले पहिलो पटक अनुसन्धान निर्देशनालय गठन गरेको बताए । उनले अनुसन्धान निर्देशनालयमार्फत कांग्रेसको इतिहासमै पहिलो पटक ‘पोसिली एन्ड रिसर्च’ स्कुल सुरु गरिएको बताए । 

‘उक्त कार्यक्रम अन्तर्गत ३२ वर्षमुनिका विद्यार्थीहरूको समूह बनाएर प्राज्ञिक लेखन र तथ्याङ्क विश्लेषणको काम सुरु गरिएको छ,’ खड्काले भने, ‘त्यसको परिणाम केही महिनामा सार्वजनिक गर्दैछौँ ।’ उनले प्रतिष्ठान अन्तर्गत नीति, प्रतिक्षण र अनुसन्धान विभागलाई पूर्णता दिएर तिब्र गतिमा कामहरू भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ३ : ०२ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी