क्यानडा नेपालको भरपर्दो मित्र हो : राजदूत पौड्याल | Khabarhub Khabarhub

क्यानडा नेपालको भरपर्दो मित्र हो : राजदूत पौड्याल


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको भरपर्दो मित्र भएको बताएका छन् । 

अटवा–क्यानडा नेपाल फोरम फर रिसर्चको आयोजनामा क्यानडामा आयोजित ‘चौथो अटवा रिसर्च कन्फरेन्स’मा राजदूत पौड्यालले क्यानडाले विभिन्न बहुपक्षीय संस्थामार्फत नेपाललाई बर्सेनि चार करोड डलर बराबरको सहयोग उपलब्ध गराई रहेको जानकारी दिए । 

उनले नेपालले बर्सेनि क्यानडाबाट झन्डै सात अर्ब बराबरको सरसामान आयात गरिरहेको र रु एक अर्ब बराबरको निर्यात गरिरहेको समेत उल्लेख गरे। ‘क्यानडामा नेपालबाट हुने निर्यात बढाउन सकिन्छ, यसमा नेपाली ‘डायस्पोरा’ले थप भूमिका निर्वाह गर्नुपर्छ’, राजदूत पौड्यालले भने। 

राजदूत पौड्यालले क्यानडामा नेपाली डायस्पोराको सङ्ख्या बढ्दै जाँदा नेपालमा क्यानडाको राजदूतावास स्थापना गर्न क्यानडा सरकारलाई अनुरोध गरिएको बताए।  

अर्थशास्त्री डा राम आचार्यले सन् २०१९ देखि सम्मेलन सुरु गरिएको उल्लेख गर्दै कोभिड महामारीका कारण केही समय रोकिएको बताए। 

त्यस अवसरमा न्यु ब्रन्सविक विश्वविद्यालयका पूर्वप्राध्यापक बासु शर्माले ‘नेपालमा सङ्घीयताका चुनौतीहरू’ विषयक कार्यपत्र प्रस्तुत गर्दै एकता र विविधताबीच सन्तुलन ल्याउन नेपालले सङ्घीय प्रणाली अपनाएको धारणा राखे। 

दुई दिने सम्मेलनले अटवा विश्वविद्यालयमा प्राध्यापनरत डा. भानुभक्त आचार्यको अध्यक्षतामा क्यानडा नेपाल फोरम फर रिसर्च (क्यानेफोर) को नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा डा दिनेश गजुरेल, बोर्ड निर्देशकमा डा शिवहरि गौतम, डा. अनुप बस्नेत, डा. होमनाथ घर्ती र इन्जिनियर सुवास पौडेल निर्वाचित भएका छन् । कार्यसमितिको सचिवमा कुसुम शर्मा, कोषाध्यक्षमा अम्बिका पौडेल र प्रविधि अधिकृतमा सौगात श्रेष्ठ निर्वाचित भए। दीपेन्द्र कुँवर विद्यार्थी सम्पर्क अधिकृतमा मनोनयन भएका छन् । 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ४ : २० बजे

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित

राहुघाट पहिरो अपडेट : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध

वामपन्थी गढ बोलिभियामा ढल्यो समाजवादी किल्ला

काठडमाडौं– ल्याटिन अमेरिकामा वामपन्थी राजनीतिको केन्द्र मानिने बोलिभियामा समाजवादी उम्मेदवारको

लोकतन्त्रलाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छः पूर्वराष्ट्रपति भण्डारी

मोरङ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन