च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत « Khabarhub

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित च्याङ्ग्रा जोन कार्यक्रममा हालसम्म ७८ वटा कृषि तथा पशु फार्म, समूह, सहकारी र निजी कम्पनी सूचीकृत भएका छन् । यहाँ आर्थिक वर्ष २०७८/०७९ देखि च्याङ्ग्रा जोन कार्यक्रम कार्यान्वयनमा छ ।

जोनको लक्ष्य जिल्लाका च्याङ्ग्रा पालक किसानलाई बढीभन्दा बढी आबद्धता गराउने रहे पनि लक्ष्यअनुसार सूचीकृत हुन नसकेको कार्यालय प्रमुख भरत गौतमले बताए । सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा च्याङ्ग्रापालक किसानलाई जोनमा आबद्ध गरिएको उनले बताए।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङका अनुसार यहाँको बारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका १५ वटा वडाका च्याङ्ग्रापालक किसान च्याङ्ग्रा जोन कार्यक्रममा सूचीकृत भएका हुन् । यहाँको घरपझोङ र थासाङ गाउँपालिकाबाट कुनै पनि च्याङ्ग्रापालक व्यवसायीले जोनमा सूचीकृत हुन आवेदन पेस गरेनन् ।

मुस्ताङमा ५६ हजार च्याङ्ग्रा र पाँच हजार ५०० को हाराहारीमा च्याङ्ग्रापालन भइरहेको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ । तर, यहाँको सङ्घीय च्याङ्ग्रा जोन कार्यक्रममा ७८ वटा सूचीकृत फार्म, समूह, सहकारी र निजी कम्पनीका गरी १९ हजार ९९४ वटा मात्रै च्याङ्ग्रा पालन भइरहेको छ ।

च्याङ्ग्रा जोनमा पालन गरिएका च्याङ्ग्राको सङ्ख्यामध्ये १२ हजार बढी च्याङ्ग्राका माउ रहेको कार्यालयले जनाएको छ । जिल्लामा भएका च्याङ्ग्रापालनको कूल सङ्ख्यामध्ये जोनमा आबद्ध भएका किसानको च्याङ्ग्राको सङ्ख्या करिब ३३ प्रतिशत मात्रै हो ।

यहाँको च्याङ्ग्रा जोन सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले जोनमा सूचीकृत हुन नसकेका च्याङ्ग्रा पालकलाई संस्था दर्ता र स्थानीय तहको सिफारिसमा कार्यालयबाटै जुनसुकै बेला सूचीकृत गराउन सकिने कार्यालय प्रमुख गौतमको भनाइ छ ।

मुस्ताङबाट बर्सेनि औसत १० देखि २० हजारको हाराहारीमा च्याङ्ग्रा बिक्रीका लागि जिल्ला बाहिर पठाइन्छ । च्याङ्ग्रा जोनमा आबद्ध किसानको च्याङ्ग्रा वार्षिक औसत पाँच हजारको सङ्ख्यामा जिल्लादेखि बाहिरिने गरेको छ ।

मुस्ताङका किसानले मुख्यगरी मासु उत्पादनका लागि च्याङ्ग्रापालन गर्ने गर्छन् । पछिल्लो समय च्याङ्ग्राको रौँबाट पश्मिना उत्पादनतर्फ पनि आकर्षित हुन थालेका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले च्याङ्ग्रा जोनमा सूचीकृत किसानलाई विभिन्न शीर्षकमा अनुदान सहुलियत दिने गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ९ : २४ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु