कांग्रेस र एमालेले किन आकस्मिक रुपमा सांसदलाई सिंहदरबार बोलाए ? « Khabarhub

कांग्रेस र एमालेले किन आकस्मिक रुपमा सांसदलाई सिंहदरबार बोलाए ?


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस र सत्ताको नेतृत्वकर्ता नेकपा (एमाले)ले आफ्ना सांसदलाई आकस्मिक रुपमा संसदीय दलको कार्यालयामा बोलाएका छन् । कांग्रेसका एक सांसदका अनुसार बिहान १० देखि दुई बजेभित्र आफ्नो संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको छ । अकस्मिक रुपमा बोलाइएको बैठकको प्रयोजन हस्ताक्षर संकलन भएको ति सांसदले प्रष्ट पारे ।

यता सत्तारुढ दल एमालेले साढे १० बजे आफ्ना सांसदलाई दलको कार्यालयमा उपस्थित हुन सूचना पठाएको छ । उपसभामुख इन्दिरा रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि लामो समयदेखि छानबिनको माग भइरहेको छ ।

सत्तारुढ दलले उपसभामुखलाई हटाउने योजना अनुसार सांसदलाई आकस्मिक रुपमा बोलाइएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १० : १७ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी