झापामा महिलाको जलेर मृत्यु | Khabarhub Khabarhub

 झापामा महिलाको जलेर मृत्यु


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी यहाँकी एक महिलाको मृत्यु भएको छ । 

यहाँस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाकाअनुसार घरमा एक्लै भएका बेला सोमबार दिउँसो पेट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाएकी दमक नगरपालिका–१ भानु चोक निवासी मनोज साहकी श्रीमती ३० वर्षीया शोभाको आज बिहान मृत्यु भएको हो ।

दमक अस्पतालमा सामान्य उपचारपश्चात् धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा त्यहाँ उपचार नहुने जानकारी पाएपछि पुनः बिर्तामोडस्थित विएण्डसी अस्पतालमा ल्याउँदा निजको मृत्यु भएको हो । 

श्रीमान्सँग मनमुटाब भएपछि निजले आत्मदाहको प्रयास गरेको आशङ्का प्रहरीको छ । 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १२ : १३ बजे

प्रेस काउन्सिलले आचारसंहिता एवं मिडिया अनुगमनलाई प्रभावकारी बनाउने

काठमाडौं– प्रेस काउन्सिल नेपालले आचारसंहिता एवं मिडिया अनुगमनलाई थप प्रभावकारी

ओलीले भने- शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

अक्टोबर ७ का ‘नायक’ विपिनको इजरायलबाट अन्तिम बिदाइ (तस्बिरहरू)

तेलअभिभ- हमासको कब्जामा रहेर ज्यान गुमाएका नेपाली बन्धक विपिन जोशीको

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका

शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको चौथो