‘बल्छी’ले सुरु गरे ‘गोबर गणेश’को छायाङ्कन, केदार पनि छन् ? « Khabarhub

‘बल्छी’ले सुरु गरे ‘गोबर गणेश’को छायाङ्कन, केदार पनि छन् ?


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को डेब्यू निर्देशन रहने फिल्म ‘गोबर गणेश’को छायाङ्कन सुरु भएको छ ।

काठमाडौंको म्हेपी मन्दिरमा शुभमुहूर्त गरी बल्छी आजैबाट छायाङ्कनमा निस्किएका हुन् ।

शुभमुहूर्त कार्यक्रममा फिल्मका सबै शीर्ष कलाकारको उपस्थिति रहेको थियो । कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ पनि त्यहाँ उपस्थिति थिए । शुभमुहूर्तमा उनैले नरिवल फोडेका थिए ।

यद्यपि केदार फिल्मको कलाकार वा कुनै पनि जिम्मेवारीमा बल्छीले बताएका छन् । बल्छी र केदार दुवै सिरियल ‘मेरी बास्सै’बाट दर्शकमाझ स्थापित भएका हुन् ।

पूराना सहकार्यको नयाँ अध्यायको सुरुवातमा साथ दिन केदार शुभ मुहूर्तमा पुगेको बुझिएको छ । उनकी श्रीमती सीतादेवी लिमल्सेना भने फिल्मको मुख्य भूमिकामा छिन् ।

यस फिल्मको छायाङ्कन ३५ दिनमा सक्ने योजनाका साथ बल्छी निस्किएका हुन् । काठमाडौं र पोखराका विभिन्न स्थानमा छायाङ्कन हुने उनले जानकारी दिए ।

फिल्म निर्देशनको पहिलो प्रयासमा दर्शकबाट साथ पाउने बल्छीको अपेक्षा छ । उनले भने, ‘हामीलाई सानो पर्दामा दर्शकले जसरी साथ दिनु भयो, माया दिनुभयो, त्यसरी नै ठूलो पर्दामा पनि साथ र माया दिनुहुन्छ भन्ने आशा छ ।’

यो फिल्ममा नायिका बल्छीसहित, सीता, वर्षा सिवाकोटी, पदम तामाङ, विल्सनविक्रम राई, सन्तोष बानियाँ, पुजन घिमिरे, निर्मल शर्मा मुख्य भूमिकामा रहेको बताइएको छ ।

टेलिसिरियल ‘हल्का रमाइलो’ र ‘जुठे’ निर्देशन तथा लेखनको अनुभव लिएर बल्छीले फिचर फिल्ममा हात हालेका हुन् ।

बल्छी धुर्बे फिल्मस्को ब्यानरमा बन्ने यस फिल्मको लेखक बल्छी आफैँ हुन् ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १ : ३० बजे

जेन-जी आन्दोलनले आत्मसमीक्षा गर्दै सुध्रने अवसर दिएको छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा

चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु

एजेन्सी– बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा

पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न ओलीको आग्रह

कठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र