प्रधानमन्त्रीले भने- सरकारले व्यवसायीमैत्री नीति लिएको छ, ढुक्क भएर लगानी गर्नुस् | Khabarhub Khabarhub

प्रधानमन्त्रीले भने- सरकारले व्यवसायीमैत्री नीति लिएको छ, ढुक्क भएर लगानी गर्नुस्


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

क‍ाठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले व्यवसायीमैत्री नीति लिएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन्  ।  

मंगलबार काठमाडौंको भृकुटिमण्डपमा नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार व्यवसायीमैत्री नीतिका साथ विकासको बाटोमा तीव्र गतिले अघि बढिरहेकाले ढुक्क भएर लगानी गर्न आह्वान गरेका हुन्  ।

अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेकाले लगानी र काम गर्न कुनै बाधा नरहेको उनले बताए । प्रधानमन्त्री ओलीले अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।

उनले उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरू बन्ने क्रममा रहेका, अन्तर्राष्ट्रिय विमानस्थल थपेको, हरित ऊर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोगमा ल्याउन लागेको धारणा राखे । सरकारका सबै प्रयासको ध्येय विकास र समृद्धि भएकाले देशका लागि योगदान दिन उनले व्यवसायीहरूलाई आग्रह समेत गरे । 

प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए  । उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए  ।  

प्रधानमन्त्री ओलीले दिपलको ईभीटोल (उड्ने सवारी) लगाएत प्रदर्शनीको अवलोकन गरेका थिए । भाद्र ८ गतेसम्म चल्ने नाडा अटो शो २०२५ मा १९ वटा चार पाङ्ग्रे ब्रान्डहरू, ४ वटा दुई पाङ्ग्रे ब्रान्डहरु, १३ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनमा राखिएको छ । त्यस्तै अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरणका १२५ भन्दा बढी प्रदर्शनी कक्षहरु नाडा अटो शोमा रहेका छन् । 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ३ : ३१ बजे

‘युक्रेनी बालबालिकाको अपहरण’ बारे ध्यान दिएकोमा मेलानिया ट्रम्पलाई जेलेन्स्कीले दिए धन्यवाद

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार अमेरिकी प्रथम महिला मेलानिया

मुख्यमन्त्री शाह र धनगढी उप-महानगरपालिका नगर प्रमुख हमालबीच भेटवार्ता

काठमाडौं– सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र धनगढी उप-महानगरपालिका

हस्ताक्षर अभियानबारे शेखरको अडान : सरकारले गर्ने अरू धेरै काम छन्, अलोकप्रिय कदम नचालौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार सिंहदरबारस्थित संसदीय

चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

बागमती– चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा आज एक